सप्तरीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एकजना घाइते

चैत्र २७,सप्तरी। सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले…

पुरा पढ्नुहाेस्

सप्तरीमा मोटरसाइकल दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु

बैशाख १०,सप्तरी । हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, त्यही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको ज्यान गएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश(१ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए ।

पुरा पढ्नुहाेस्

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, २ घाइते

माघ १५, सप्तरी। सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स ३ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका–३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्। उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। उनका अनुसार मोटरसाइकल पछाडि सवार २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खङ घाइते छन्। उनीहरूको गोल्डेन अस्पतालमै उपचार भइरहेको…

पुरा पढ्नुहाेस्