सर्वोच्च अदालतको पूर्ण इजलास सकियो, सबै न्यायाधीश सहभागी

कात्तिक १०,काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सकिएको छ । पूर्व न्यायाधीश शारदाप्रसाद पाण्डितको निधन भएपछि शोक प्रस्ताव पारित गर्ने बैठक बसेको थियो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि सर्वोच्च आदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरूले शोक प्रस्ताव पारित बसेको बैठकमा भने सहभागी भएका थिए ।

पुरा पढ्नुहाेस्