सल्यान खारखोला नजिकै बस दुर्घटना: ९ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

कात्तिक २१,सल्यान । जिल्लाबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका र घटनास्थलमै गरी नौ जनाको ज्यान गएको हो । बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

पुरा पढ्नुहाेस्