ए डिभिजनः आज अन्तिम चरणका तीन खेल हुँदै

फागुन १४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल आज शनिबारबाट सकिदैछ । लिगको अन्तिम चरण अन्तर्गत आज शनिबार अन्तिम तीन खेलहरु हुँदैछन् । जसमा दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् । लिगको उपाधि विजेता र रेलिगेसनमा पर्ने टोलीको टुंगो यस अघि नै लागिसकेको छ । मछिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ…

पुरा पढ्नुहाेस्

ए डिभिजनः आज दुई खेलहरु हुँदै

फागुन ३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन् । यी दुईको खेल दिउँसो १ बजे सुरु हुनेछ । १० खेलबाट जम्मा ५ अंक जोडेरको च्यासल अन्तिम स्थानमा रहेको छ । ब्रिगेडको समान १० खेलबाट ६ अंक छ । यस्तै जारी लिगमा जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११ औँ स्थानमा छ । यस्तै, अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा यी दुईबीचको खेलमा दिउँसो १…

पुरा पढ्नुहाेस्

ए डिभिजनः आज दुई खेल हुँदै

फागुन १, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछ । लिगको दशौँ चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । एनआरटी ९ खेलमा १३ अंक जोडेर लिगको सातौं स्थान रहेको छ । हिमालयन ९ खेलमा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ । दशरथ रंगशालामै हुने दोस्रो खेलमा नेपाल एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र संकटाबीचको…

पुरा पढ्नुहाेस्

ए डिभिजनः आजदेखि दशौँ चरणका खेल

माघ २८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु आज शुक्रबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन । रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ । ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको…

पुरा पढ्नुहाेस्

ए डिभिजनः दशौँ चरणका खेल माघ २८ देखि हुने

माघ २६, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार दशौँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म हुनेछ । यस्तै ११ औं चरणका खेलहरु फागुन ३ देखि ५ गतेसम्म चल्नेछ । त्यस्तै १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म संचालन हुनेछ । १३ औं चरणका खेलहरुको मिति भने तय भएको छैन । लिगमा मछिन्द्र फुटबल…

पुरा पढ्नुहाेस्

सहिद स्मारक ए डिभिजन लिग: फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

मंसिर २४, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा चौथो चरण अन्तर्गत आज शुक्रवार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्सविरुद्ध आक्रामक खेल पस्किएको मनाङले दुवै हाफमा एक–एक गोल गर्‍यो । मनाङलाई जिताउन आफिज ओलावाले र दिनेश राजवंशीले एक–एक गोल गरे । आफिजले खेलको ४१ औँ मिनेटमा र दिनेशले ७३ औँ मिनेटमा गोल गरे । यो जितसँगै मनाङले चार खेलमा १० अङ्क जोडेको छ । प्रतियोगितामा मनाङको यो…

पुरा पढ्नुहाेस्

संकटासँग मनाङको बराबरी

मंसिर १८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन लिग बिजेता मनाङ मर्स्याङ्दी संकटा क्लबसँग अंक बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले दुईपटक पछि परेको अवस्थाबाट संकटासँग २–२ गोलको बराबरी गरेको हो । अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजित यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ । २–२ को बराबरी खेल्दै अंक बाँड्ने क्रममा संकटाका लागि निरज बस्नेत र…

पुरा पढ्नुहाेस्

ए डिभिजन लिगमा आज दुई खेल हुने

मंसिर १३, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज ब्रिगेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । ब्रिगेड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एनआरटी…

पुरा पढ्नुहाेस्

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

मंसिर ५, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रनेछ । एपिएफको कप्तानी भने टोपबहादुर विष्टले गर्नेछन् । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल…

पुरा पढ्नुहाेस्

सहिद स्मारक ‘ए’ लिग आजबाट, सातदोबाटो र फ्रेन्ड्स भिड्दै

मंसिर ३, काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट…

पुरा पढ्नुहाेस्