सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त, मेयर बालेनको पुत्ला जलाइयो

मंसिर १४,काठमाडौँ । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन पनि अशान्त छ । उनीहरुले आज सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस ९कफिन०माथि बालेनको फोटो राखेर जलाए । त्यहाँ आज बिहान ८ बजेदेखि यहाँ आन्दोलन जारी छ । बस्ती प्रवेश गर्ने सडकहरु उनीहरुले बन्द गराएका छन् । सडकभरी टायर र ढुंगा छरिएका छन् । आफूहरुलाई उचित बसोबासको व्यवस्था नमिलाई हटाउन लागिएको भन्दै उनीहरुले आज बिहान काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पनि प्रदर्शन गरेका…

पुरा पढ्नुहाेस्