सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोक सेनाको नजरबन्दमा

कात्तिक ८, काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ । अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ । सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ । यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् । सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।…

पुरा पढ्नुहाेस्