सुडानका प्रधानमन्त्री हामदोक नजरबन्द मुक्त

कात्तिक १०, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका प्रधानमन्त्री अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् । सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ । सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि मंगलबार उनी नजरबन्द मुक्त भएका हुन्…

पुरा पढ्नुहाेस्