सुडानी सेनाले गोली चलाउदा ७ जना प्रदर्शनकारीको मृत्यु

कात्तिक ९, काठमाडौं । सोमबार सत्तापलट गरेको सुडानी सेनाले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । सैनिक ‘कु’को विरोध गर्दै प्रदर्शनमा उत्रिएका मानिसमाथि सेनाले गोली चलाउँदा कम्तिमा सात प्रदर्शनकारीको मृत्यु भएको सुडानका एक स्वास्थ्य अधिकारीले जानकारी गराएका हुन् । त्यस्तै, सेनाको गोली लागेर १४० जना घाइते भएका छन् । सैनिक ‘कु’को विरोध गर्दै राजधानी खार्तुमसहित अन्य शहरका सडकमा हजारौं मानिसले जुलुस निकालेका थिए । सोमबार सेनाले अन्तरिम प्रधानमन्त्री अब्दल्लाह हामदोक र अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरेपछि मानिसहरुले विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । सत्तापलटको नेतृत्व…

पुरा पढ्नुहाेस्