सुदूरपश्चिममा भारतबाट फर्किएकामा गरिएको परीक्षणमा झण्डै १० प्रतिशतलाई कोरोना पुष्टि

चैत २९ कञ्चनपुर । सुदूरपश्चिममा भारतबाट फर्किएर परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिए । जनशक्ति र अरू व्यवस्थापकीय अभावका कारण सबैको परीक्षण सम्भव नभएको पनि उनले बताए । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउदले बताए । उनले भारतबाट आउनेहरू सीमामा…

पुरा पढ्नुहाेस्