घरेलु मैदानमै बार्सिलोनाको हार

बैशाख ६, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार बेहोरेको छ । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले हारेको हो । बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पुरा पढ्नुहाेस्

बार्सिलोनाले स्प्यानियोललाई बराबरीमा रोक्यो

फागुन २, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्प्यानियोललाई बराबरीमा रोकेको छ । आईतबार राति खेलको अन्तिम मिनेटमा डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् । हारको नजिक पुगेको बार्सिलोनाले अन्तिम मिनेटमा गोल गर्दै घरेलु टोलीसँग २–२ गोलको बराबरी खेलेको हो । पेड्रीले भली गोलमार्फत बार्सिलोनालाई सुरुवातमै अग्रता दिलाएका थिए । सर्जी डार्डरले घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा राहुल डी थोमसले स्प्यानियोललाई अघि बढाएका थिए । इन्जुरी समयमा वैकल्पिक खेलाडी डे जोङले एडमा ट्रओरेको क्रसमा हेड गर्दै अंक दिलाउन सफल रहे । बार्सिलोनाले…

पुरा पढ्नुहाेस्

रियल बराबरीमा रोकियो

फागुन १, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः रियल मड्रिड र बार्सिलोनाको जित

माघ २४, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । जितसँगै २२ खेलमा ३८ अङ्क जोडेको…

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः रियलले भ्यालेन्सियालाई हरायो

पुस २५, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ४-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र जुनियर भिनिसियसले दुई दुई गोल गरे । खेलको ४३ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा भिनिसियसले गोल गर्दा रियलको अग्रता दोब्बर बन्यो । भिनिसियसले ६१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाका गुएडेसले गोल गर्दै…

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः बार्सिलोनाले मालोर्कालाई हरायो

पुस १९, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले मालोर्कालाई हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १-० गोल अन्तरले हराएको हो । बार्सिलोनालाई जित दिलाउन लुक डी योङले निर्णायक गोल गरे । योङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो । यस जितसँगै बार्सिलोनाले १९ खेलमा ३१ अंक जोडेको छ । बार्सिलोना लिगको पाँचौ स्थानमा उक्लिएको छ । मालोर्का २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः सेभियासँग बार्सिलोनाको बराबरी

पुस ७, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेल बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको हो । सेभियाको मैदानमा सुरुआती अग्रता घरेलु टोलीले बनाएको थियो । खेलको ३२ औं मिनेटमा पापु गोमेजले गोल गर्दै सेभियालाई १-० गोलको अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । यस बार्सिलोनाले १८ खेलमा २८ अंक जोडेको छ ।…

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः रियलको कार्डिजसँग बराबरी

पुस ५, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कार्डिजसँग बराबरी गरेको छ । आईतबार राति रियलले घरेलु मैदानमा कार्डिजसँग गोल रहित बराबरी खेलेको हो । लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँडेको हो । इडेन हजार्डले पछिल्लो तीन महिनामा पहिलो पटक रियलको सुरुवाती टिममा अटाएका थिए । तर कोभिडबाट प्रभावित शीर्ष स्थानको रियलले खेलमा संघर्ष गर्नुपर्यो । कोभिडबाट संक्रमित रियलका मुख्य ६ खेलाडी मैदानमा थिएनन् । तर सबैको नजर प्लेमेकर इडेन हजार्डमा रहेको थियो । उनी गत सेप्टेम्बरपछि पहिलो पटक मैदान देखिएका…

पुरा पढ्नुहाेस्

स्पेनिस ला लिगाः बार्सिलोना परिजित

कार्तिक ११, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार बेहोरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले हारेको हो । भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे । उनले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाएको थियो । तर,७२ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार भालेकानोका गोलकिपर स्टोलले बचाएका थिए । यस जितसँगै भालेकानोले ११ खेलमा १९ अंक जोडेको छ । भालेकानो पाँचौं स्थानमा उक्लिएको छ । बार्सिलोना…

पुरा पढ्नुहाेस्