स्याङ्जा-२ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय, मतगणना गर्न आयोगको निर्देशन

मंसिर १४,काठमाडौँ । निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिए । दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ । बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका छन् । यस्तै स्याङ्जा२ मा…

पुरा पढ्नुहाेस्

स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा आयोग अझै अनिर्णित

मंसिर १४,काठमाडौँ । स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ । यी दुई क्षेत्रमा के गर्ने भन्नेमा निर्वाचन आयोगले पनि निर्णय गर्न सकेको छैन । हिजो बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन । आज फेरि बैठक बस्ने तयारी छ । आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको हो । बैठकको सुरुवातमा स्याङ्जा(२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन । वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले…

पुरा पढ्नुहाेस्