स्वास्थ्य चौकीका उपकरण प्रयोगविहीन

फागुन २९,कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, “जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।” कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन् । “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उनले भने, “केही…

पुरा पढ्नुहाेस्