हत्याका आरोपीलाई फाँसीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

साउन २९,विरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् । मुलुकी अपराध संहितामा ज्यान मार्ने कसुरमा संलग्न रहेको व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । फाँसीको सजाय गर्ने व्यवस्था कानुनमा छैन । राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई फाँसी दिनुपर्ने माग उनीहरुको थियो । गत साउन २५ गते वीरगञ्ज ट्युसन पढ्न आएका राजकुमार घर फर्किएनन् । परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरे । नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बारामा साउन…

पुरा पढ्नुहाेस्