आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

असोज १६, काठमाण्डौ । आज दशैँको फूलपाती । देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि फूलपाती भित्र्याइँँदैछ । नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रम्हायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका,…

पुरा पढ्नुहाेस्