भारतको उत्तरकाशीमा हिम पहिरो, १० आरोहीको मृत्यु

असोज १८, एजेन्सी । भारतको उत्तरकाशीमा हिमपहिरोमा पुरिएर १० जना आरोहीको मृत्यु भएको छ । हिमपहिरोमा पुरिएका ८ जनाको भने सकुशल उद्धार गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरकाशी जिल्लाको द्रौपदीक डाँडा–२ मा आज दिउँसो हिम पहिरो गएको हो । हिमपहिरोमा अझै दर्जन भन्दा बढी आरोही फसिरहेका छन् । उत्तरकाशीको पर्वतारोहण संस्थानका २८ प्रशिक्षार्थी पर्वतारोही पर्वतारोहणका लागि गएको बतार्ईएको छ । १४ हजार फिटको उचाइमा हिम पहिरो गएको हो । घटनास्थलमा जिल्ला प्रशासन, राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडीआरएफ), सेना र इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी)…

पुरा पढ्नुहाेस्

मुस्ताङमा हिमपहिरोमा परेर १५ वटा चौरी मरे

फागुन २२, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए । “चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो”, उनले भने, “हिउँले पुरिएर चौरी मरेका हुन् ।” चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए । प्रहरी,…

पुरा पढ्नुहाेस्

भारतको उत्तराखण्डमा हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १८ पुग्यो

माघ २६ काठमाडौँ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० भन्दा बढी मानिस हराइरहेको बताए का छन्। बेपत्ता भएका सबैजसो…

पुरा पढ्नुहाेस्