जीप दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ११ जना घाइते

असार ३१, काठमाण्डौँ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनीमा गए राति जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको हो । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो । सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री…

पुरा पढ्नुहाेस्

अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो, ११ जना घाइते !

असोज २, काठमाण्डौ । अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ज्यान गुमाउने धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाउने सबैको परिचय खुलेको छ । पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना…

पुरा पढ्नुहाेस्

अर्घाखाँचीमा माइक्रो दुर्घटना : १ जनाको मृत्यु, ११ जना घाइते

भाद्र १९,काठमाडौँ । शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् । काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो । अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार हाइस सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र…

पुरा पढ्नुहाेस्

पाकिस्तानको क्वेटा शहरमा विस्फोट हुँदा चार जनाको मृत्यु, ११ जना घाइते

वैशाख ९ काठमाडौं । पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विस्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फोट भएको थियो । सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विस्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ । विस्फोटको जिम्मा तालिवानले लिएको छ ।…

पुरा पढ्नुहाेस्

अर्घाखाँची बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ११ जना घाइते

मसिर ११,अर्घाखाँची । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको…

पुरा पढ्नुहाेस्

थुम्सिमा बस र ट्रक ठोक्किए, ११ जना घाइते

कात्तिक १९, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका…

पुरा पढ्नुहाेस्