१० दिनमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिए, ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

जेठ १५,सुर्खेत। १० दिनको अवधिमा भारतबाट १४ हजार कर्णालीबासी नेपाल भित्रिएका छन् । जेठ ६ गतेदेखि बुधवारसम्मको अवधिमा १४ हजार बढी बासिन्दा कर्णाली भित्रिएका हुन् । यही अवधिमा भित्रिएका मध्ये अहिलेसम्म ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतले रेल सेवा खुल्ला गरेपछि अहिले विशेषगरी मौसमी रोजगारका लागि भारत गएकाहरु फर्कनेको ओइरो लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशको सीमा नाका सुर्खेतको बबईमा दैनिक एक हजार बढी आइरहेका छन् । बबईमा मानिसहरुको ओइरो लाग्ने गरेको छ । बबईमै आरडीटी परीक्षणको पनि व्यवस्था मिलाइएको छ ।…

पुरा पढ्नुहाेस्