६८ लाख ९० हजार ठगेको आरोपमा युवासंघका नेता कटुवाल पक्राउ

भाद्र ३०,काठमाडौँ । ठगी गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । कटुवाललाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिएर सो जग्गा फरक व्यक्तिलाई पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद अधिकारीसँग ६८ लाख ९० हजार बैना लिएका कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए । फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका कटुवाल…

पुरा पढ्नुहाेस्