रोल्पामा बस दुर्घटना, ८ जना घाइते

कार्तिक १२, काठमाण्डौ । रोल्पाको रुन्टीगढीबाट दाङको तुलसीपुरतिर जाँदै गरेको बस शनिबार पानीगैरामा सडकमै पल्टिँदा ८ जना घाइते भएका छन् । बिहान ९स्५० बजे भएको दुर्घटनामा प्रहरी र गाउँलेले तत्काल घटनास्थल पुगी उद्धार गरेकाले मानवीय क्षति हुन सकेन । प्रहरीका अनुसार बस रुन्टीगढी गाउँपालिका–८ को भित्रि सडक खण्डमा पर्ने मेलटाकुरादेखि दाङ तुलसीपुर जाँदै थियो । रा १ ख ७३८ नम्बरको बस पल्टेपनि बसमा सवार रहेका १५ जनाको उद्धार गरिएको हो । दुर्घटना भएको आधा घण्टापछि खबर पाएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट इन्चार्ज प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माको नेतृत्वमा ७ जनाको प्रहरी…

पुरा पढ्नुहाेस्

ललितपुरको सानेपामा बस पल्टियो, ८ जना घाइते

साउन ३०, काठमाडौ । ललितपुरको सानेपामा बस पल्टिँदा ८ जना घाइते भएका छन्। एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । बस दुर्घटना हुँदा नवलपरासी कावासोती नगरपालिका–२ घर भइ काठमाडौं कलंकी बस्ने २५ वर्षीया सुगम थापा, कीर्तिपुर नगरपालिका–८ घर भएका ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरी धरान नगरपालिका–२० घर भइ कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भइ कीर्तिपुर बस्ने वर्ष ३० वर्षीया सबिना खड्का घाइते भएका छन् । यस्तै, ललितपुर महानगरपालिका–१४ नखिपोट घर भएका ३० वर्षीय उद्देश्य…

पुरा पढ्नुहाेस्

जाजरकोटमा जीप दुर्घटना: ३ जनाको मृत्यु, ८ जना घाइते

जेठ २७,जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् भने अन्य ४ जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको प्रजिअ शाहीले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए।

पुरा पढ्नुहाेस्

सिन्धुपाल्चोकमा बस दुर्घटना : चालकको मृत्यु , ८ जना घाइते

मंसिर २६, काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्य भएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको मृत्य भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहाेस्

बस दुर्घटना: चालकको मृत्यु, ८ जना घाइते

भदौ ३, वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । काठमाडौंबाट रौतहटको बंकुलतर्फ आउँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भएको थियो । ब्रेक फेल भएर बस अनियन्त्रित हुँदा हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई…

पुरा पढ्नुहाेस्

श्रृखलाबद्ध बम विस्फोट : चार जनाको मृत्यु , ८ जना घाइते

जेठ १२,काठमाडौँ । प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ । बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन्…

पुरा पढ्नुहाेस्