नेपालमा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुग्यो

चैत्र १०,काठमाडौँ । आधाभन्दा बढी नेपाली परिवारले खाना पकाउन काठ दाउरा प्रयोग गर्ने गरेको पाइएको छ । देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ–दाउरा प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । नेपालमा खाना पकाउन अक्सर दाउरा, एलपी ग्याँस, बिजुली, गुइँठा, बायोग्याँस र मट्टितेल प्रयोग हुने गरेको छ । खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्ने परिवार जम्मा ०.५ प्रतिशत छ । गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको…

पुरा पढ्नुहाेस्

‘महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै भएन्’ : अरुणराज सुमार्गी

बिर्तामोड । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले जिल्ला नगरका उद्योगी व्यवसायीको हित गर्ने नेतृत्व नै महासंघमा आउन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका जिल्लानगरतर्फ उपाध्यक्षका उम्मेदवार सुमार्गीले यस्तो बताएका छन् । ‘महासंघमा जिल्ला नगरलाई स्थापित गर्ने नेतृत्व नै आएन्, न त उनिहरुको गुनासो र समस्यालाई नै सुनियो’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘तर यसपाली मेरो उम्मेदवारी जिल्ला नगरको एजेण्डालाई माथी स्पष्ट राख्न र आगामी दिनमा जिल्ला नगरका उद्योगी व्यवसायी पनि महासंघको सफल नेतृत्व गर्न सक्षम…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी छोड्दैन: उपाध्यक्ष पाण्डे

चैत्र २,काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले रातोपाटीसँग भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’ नेता पाण्डेले…

पुरा पढ्नुहाेस्

कांग्रेस संसदीय दलको चुनाव: को-को छन् सांसद ? कसको पक्षमा को ?

-राज ढुंगाना                पौष ४,काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको मिती तोकिएको छ । बुधबार संसदीय दलको नेता चयन निर्वाचनबाट हुनेछ । यतिबेला कांग्रेसमा संस्थापनबाट बर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा र संस्थापनइत्तरबाट महामन्त्री गगन थापा,नेता शेखर कोइराला दलको नेता हुन कस्सिएका छन् । यद्यपी अहिलेको हिसावमा जम्मा ८९ सांसद रहेको पार्टिमा झण्डै साठी भन्द्या बढी सांसद सभापति देउवालाई समर्थन गर्ने देखिएको छ । संस्थापनइत्तरबाट महामन्त्री थापाबाहक नेता कोइराला र रामचन्द्र पौडेलले समेत दलको नेता बन्न कसरत गरिरहदा संस्थापनलाई झन…

पुरा पढ्नुहाेस्

शिथिल अर्थतन्त्रलाई उठाउने देउवाको दायित्व

-राज ढुंगाना                        विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणले अझै विश्वलाई नै हायलकायल पारिरहेको छ । अहिलेसम्म विश्वभरी २० करोड २ लाख १५ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने ४२ लाख ८५ हजार ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । १८ करोड १७ लाख ४ हजार भन्दा बढी निको पनि भइसकेका छन् । नेपालमा पनि अहिलेसम्म सरकारी तथ्याङ्क अनुसार ७ लाख ७७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । ६…

पुरा पढ्नुहाेस्

एसईई तयारी: यसरी सुन्नुहोस् थाक्रे गाउँपालिकाको ‘रेडियो पाठशाला’

बैशाख ६,धादिङ । एसईईकाे तयारीमा रहेकाे विद्यार्थिहरूकाे समयलाई सदुपयोग गर्न थाक्रे गाउँपालिकाले रेडियो मार्फत एसइईको तयारी कक्षा थालेको छ । बैशाख १ गतेदेखि कृषि रेडियो १०१.५ मेगाहर्ज, रेडियो राजमार्ग ९२.१ मेगाहर्ज र रेडियो मान्खु ९१.१ मेगाहर्जबाट हरेक दिन शैक्षिक कार्यक्रम मार्फत सञ्चालन भइरहेकाे छ । जस अन्तरगत विहान ९:१५ बजे अंग्रेजी, मध्यान्ह १२ः१५ बजे विज्ञान, अपरान्ह ३ः१५ बजे अर्थशास्त्र र सामाजीक शिक्षा तथा साँझ ५ः१५ बजे गणितका कक्षाहरू सुन्न सकिने छ भने । साथै पढाईने क्रममा केही विषय नबुझेमा वा प्रश्न राख्न चाहेमा रेडियोको फोन नम्वर ०१०४१४१४१ मा फोन गर्न…

पुरा पढ्नुहाेस्

राजधानीका सडकसहित राजमार्ग र सहायकमार्ग सुधारमा पनि सरकारको सक्रियता (फोटोफिचरसहित)

राज ढुंगाना                                  चैत्र ३०,काठमाडौँ । यतिेबला राजधानीका सडक चिल्ला र चम्किला छन । मुलुक कोभिड १९ कोरोना भाइरसका कारण लकडाउनमा छ । यही मौकामा प्रधानमन्त्रीको कार्यालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको टिम राजधानी लगायत देशभरका सडकलाई स्तरोन्नती गर्न व्यस्त छ । यतिबेला राजधानीको सडकमा ओभर ले गर्ने, रोड मार्किङ, पेन्टिङ गर्ने लगायतका काम भइरहेको छ । राजधानीबाहिरका सडकमा पनि ओभर ले गर्ने र खाल्डाखुल्डी पुर्ने काम भईरहेको छ । भौतिक पुर्वाधार…

पुरा पढ्नुहाेस्

प्रदेश ५ मा कोरोना नियन्त्रण गर्न संकट व्यवस्थापन केन्द्र स्थापना

चैत्र २४, काठमाडौ । प्रदेश ५ मा कोभिड-१९ संक्रमण सम्बन्धी कामहरु सम्पादन गर्न संकट व्यवस्थापन केन्द्र, सीएमसी (क्राइसिस मेनेजमेन्ट सेन्टर) स्थापना भएको छ । कोभिड(१९ को सम्भावित जोखिम रोकथाम र उपचारलगायतका कामहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा गर्नका लागि क्राइसिस मेनेजमेण्ट सेन्टर गठन गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष रहेको केन्द्रको सदस्यहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सरकारका प्रमुख सचिव तोयनारायण ज्ञवाली, मध्यपश्चिम पृतना बुटवलका पृतनापति सिताराम खडका, आर्थिक मामिला योजना मन्त्रालयका सचिव मधु मरासिनी, आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव…

पुरा पढ्नुहाेस्

पर्यटनमन्त्री भट्टराईको सक्रियतापछि प्लने भाडा घट्ने, भाडादर पुनर्विचार गर्न व्यवसायी सहमत

चैत्र ८,काठमाडौँ । वायुसेवा सञ्चालकहरुले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिवद्धता जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा हवाई भाडाका विषयमा भएको छलफलमा आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएका हुन् । संकटका समयमा यात्रुलाई मार पर्ने गरी सीमाभित्र रहको देखाएर एयरलाइन्सहरुले भाडामा उच्च वृद्धि गरेका छन् । केही दिन अघिसम्म भाडा र यात्रु घटेर संकटमा परेको बताइरहेका एयरलाइन्सहरु यात्रु बढेपछि तोकिएको अधिकतम् मूल्यमै टिकट बेचिरहेका छन् । उपभोक्ताहरुले यसलाई एयरलाइन्स कम्पनीको ‘गैह्रजिम्मेवारीपना’ भनेका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री…

पुरा पढ्नुहाेस्

ल्याण्डफिल्ड साइट आसपासका धुनीबेशी, ककनी र तारकेश्वरका १० स्थान अति प्रभावित

माघ १५,काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो…

पुरा पढ्नुहाेस्