पोर्न हेर्ने गर्नु भएको छ? सावधान तपाईका हरेक गतिविधिको बन्दैछ यसरी गोप्य भिडियो

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । धेरैले इन्टरनेटमा ‘पोर्न साइट’ हेर्ने गर्छन् । नेपाल लगायत कतिपय देशमा ‘पोर्न’ प्रतिबन्धित भएपनि यस्ता साइट हेर्नेहरुले विभिन्न उपाय लगाएर पनि आफ्नो धोको पूरा गर्ने गरेका छन् ।

‘पोर्न’ हेर्ने लत मानसिक स्वास्थका लागि जोखिमपूर्ण हुने बताईँदै गर्दा यसको अर्को जोखिम भने झनै प्रत्यक्ष र खतरनाक छ ।

खासमा के हो भने सुटुक्क हेरिने ‘पोर्न साइट’ तपाईंको गोप्य गतिविधि नरहन सक्छ ।साइबर सुरक्षाविदहरूका अनुसार इन्टरनेटमा एउटा यस्तो ‘स्प्यामबोट’ रहेको छ जसले कसैले पोर्न हेरेका गतिविधि रेकर्ड गर्ने गर्दछ । यसरी रेकर्ड गरेपछि यसका प्रयोगकर्ताहरुले ‘सेक्सुअल ब्ल्याकमेलिङ् र यौन उत्पीडन गर्ने गर्छन्।

यो ‘स्प्यामबोट’ एकप्रकारको कम्प्यूटर प्रोग्राम हो जसले इन्टरनेटबाट ईमेल ठेगाना पत्ता लगाएर त्यस्ता इमेलमा अनपेक्षित संदेशहरू पठाउन तैयार पारिएको हो ।

भारेनिकी (Varenyky) नाम गरेको यो स्प्यामबोट फ्रान्समा पत्ता लागेको हो । यसले फ्रान्समा स्मार्टफोन को बिक्री बढाउन स्प्यामएल पठाइरहेको छ । भारेनिकीको एउटा संस्करण यौन उत्पीडनका गतिविधि मा प्रयोग गर्न थालिएको समाचार छ ।

समाचारमा उल्लेख जरिए अनुसार ह्याकरहरूले भाइरसको सहयताले कम्प्यूटरमा प्रवेश पाउने र प्रयोगकर्ताले अश्लीयल सामग्री भएका वेबसाइट खोल्ने बित्तिकै उसका सबै गतिबिधिलाई यसले रेकर्ड गर्ने गर्दछ ।

प्रकाशित एउटा रिपोर्ट अनुसार पीडित प्रयोगकर्ताजो अश्लीयल सामग्रीको मामिलामा विशेष प्रकारको रुचि हुने गर्दछ । ह्याकरले त्यसै रुचि लाई पछ्याएर निजको कम्प्यूटरमाथि नियन्त्रण प्राप्त गर्दछ ।

ब्ल्याक मेल गरेर मागिन्छ ठूलो रकम
ह्याकरले त्यसपछि एउटा इमेलमार्फत उसकहाँ प्रयोगकर्ताको आपत्तिजनक भिडियो रहेको बताएर ब्ल्याकमेल गर्ने गर्दछ । त्यसरी बनाइएको भिडिओमा आधा स्क्रीनमा ब्राउजरमा हेरिएको समग्र र आधामा वेबक्यामबाट खिचिएको प्रयोगकर्ताको भिडियो रहने दाबी गरिने गरेको छ।

त्यति मात्र नभएर ह्याकरले पीडितको कन्ट्याक्ट लिस्ट, पासवर्ड, बैंक खातासंबंधी जानकारी र तस्बिर लगायतका सामग्री चोरन सक्ने बताइएको छ । त्यसपछि ह्याकरहरुले उक्त जानकारी मुक्त गर्न अपरिचित बैंक खातामा पैसा जम्मा गर्न भन्ने गर्छन्। थुप्रै पीडितहरूले बिटकोइनको सहयताले ७५० यूरो अर्थात लगभग एक लाख रुपैयाँसम्म तिरिसकेको समेत समाचारमा उल्लेख छ ।

रिमोट सर्भरमा हुन्छ भिडियाे सेभ

ह्याकरले पठाएको इमेलमा ७२ घण्टाभित्र पैसा खातामा नपठाइए उक्त भिडिओ परिवार आरा अन्य साथी संगातीलाई पठाइदिने धमकी समेत केही पीडितले पाएको बताइन्छ । यसकै अतिरिक्त उक्त सामग्री फेसबुक, ट्वीटर र युट्युब जस्ता सामाजिक सञ्जालमा भाइरल गरिने जस्ता धम्की समेत प्रयोगकर्ताले पाउने गरेका छन् ।

यतिमात्र होइन यस्तो अवस्थामा सम्पूर्ण डेटा रिमोट सर्भरमा सञ्चित हुने हुँदा पासवर्ड बदल्ने, भाइरस डिलिट गर्ने या रिपेयर गर्ने जस्ता तरीका खासै काम नलाग्ने समेत बताइन्छ ।
प्रमाणिकताका लाही यदि पीडित प्रयोगकर्ताले ‘यस’ मात्र लेखेर पठाउँदा उसका छ सबैभन्दा महत्वपूर्ण कन्ट्याक्टलाई तुरुन्त इमेल गरिन्छ ।
अनजान फाइल डाउनलोड नगरौं

इमेलमा उक्त रकममा मोलमोलाइ नगर्न समेत चेतावनी दिइएको हुन्छ । भारेनिकीले हाम्रै वेबक्याम या सेल्फी क्यामेराको प्रयोगले हामीलाई थाहा नभएरै हाम्रो तस्बीर या भिडियो लिन सक्छ । यस किसिमका धेरै मामिला अझै सार्वजनिक नभएपनि साइबर सुरक्षाविदहरू कुनै पनि अन्जान स्रोतबाट कुनै पनि फाइल डाउनलोड नगर्नु नै बुद्धिमानी हुनै बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस