त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

बैशाख १३,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल ९नेअशिस० बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी भएको हो । बैशाख ७ गते दुवै पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ । नेअशिसले यो सेवा दिन थालेको धेरै वर्ष भइसक्दा पनि नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक…

पुरा पढ्नुहाेस्

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रर्दशनी

काठमाडौं । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छिन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नेछिन् भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम रहनेछ ।नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका…

पुरा पढ्नुहाेस्

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिनका लागि विश्व व्यापार संगठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पुरा भए पनि अपेक्षित लाभ हुन नसकेको बताएका छन् । मन्त्रालय द्धारा ‘नेपालको विश्व व्यापार संगठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित भएको यस संगठनबाट केही अपवाद बाहेक अल्पविकसित मुलुकले आशा गरे अनुसार लाभ लिन सकिरहेको अवस्था छैन ।” उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्धिपक्षिय व्यापार तथा लगानी…

पुरा पढ्नुहाेस्

रूस-युक्रेन युद्ध: विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

बैशाख १३,काठमाडौँ । रूस र युक्रेन कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् । पहिलो पटक ‘प्रत्यक्ष वार्ता’ को ढाँचामा युक्रेनी पक्षसँग वार्ता गरेर युद्धका क्रममा विस्थापित बनेका ५० जना बालबालिकामध्ये केहीलाई युक्रेन र केही बालबालिकालाई रूस लाने सहमति भएको मस्कोले जनाएको छ । यसअघि मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको थियो । सन् २०२२ मा आक्रमण शुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा धेरै बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४ सयभन्दा कमलाई मात्र फिर्ता गरेको युक्रेनले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था…

पुरा पढ्नुहाेस्

आईपीएल क्रिकेटमा दिल्लीले गुजरातलाई हरायो

बैशाख १३,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । गएराति भएको खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । गुजरातका साइ सुदर्शनले ६५ रन बनाए । यस्तै डेभिड मिलरले ५५ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । उसका कप्तान ऋषभ पन्तले ८८ रन बनाए भने अक्षर पटेलले ६६ रन जोडे । जारी आइपीएलमा समान ९…

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख १३,काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ…

पुरा पढ्नुहाेस्

गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक

बैशाख १३,काठमाडौँ । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् । भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्,’त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र…

पुरा पढ्नुहाेस्

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

बैशाख १३,काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ । निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार…

पुरा पढ्नुहाेस्

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली

बैशाख १३,काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै…

पुरा पढ्नुहाेस्

स्वदेश फर्किए कतारका अमिर थानी

बैशाख १२, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिदाई गरेका हुन् । मंगलबार काठमाडौं आआएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए । .

पुरा पढ्नुहाेस्