माघ २२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए । राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब…
Read MoreAuthor: OnlineKendra
उपचुनाव नजितेसम्म कुनै पदमा जान्नँ : लामिछाने
माघ २२,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् । सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।
Read Moreउमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो-‘उपनिर्वाचनको विकल्प छैन’
माघ २२,काठमाडौँ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य कार्यालयमा पुगेर उनले निवदेन दिएका हुन्। श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारेका छन्। उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र उपर दाबी विरोध गर्ने, मनोनयनपत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम…
Read Moreराष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता
माघ २२,काठमाडौँ । रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो ।
Read Moreपाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन
माघ २२,काठमाडौँ । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनि ७९ बर्षको थिए । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । उनको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ुएमाइलोइडोसिसु का कारण निधन भएको उल्लेख गरेका छन् । मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । मुसर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए । स्थानीय सञ्चारमाध्यमका…
Read Moreलुम्बिनीको समृद्धिका आधार तयार पारिसकेका छौं: मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भए। मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उनले केही दिनमै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। विभिन्न पार्टी मिलेर बनेको सरकार विगतमा जस्तो सजिलो नभए पनि छलफल र सहमतिका साथ अगाडि बढ्नुपर्ने जिम्मेवारीमा रहेको मुख्यमन्त्री गिरीको भनाइ छ। यसअघिका प्रदेशका १३ मन्त्रालयको सङ्ख्या घटाएर मुख्यमन्त्री गिरीले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ९ वटा कायम गर्ने निर्णय गरिसकेका छन्। मुख्यमन्त्रीले सरकारको पूर्णतासँगै सत्ता साझेदार दलहरुको सहकार्यमा न्यूनतम साझा कार्यक्रम बनाउने तयारी पनि…
Read Moreपर्यटनमन्त्री किरातीद्धारा गौतमबुद्ध विमानस्थलको निरिक्षण
माघ २२,काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राखेका छन् । आज बिहान विमानस्थल निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री किरातीले गौतमबुद्ध विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका हुन् । अहिले रोकिएको उडान सुचारु गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले तत्काल पहल थाल्ने उनको भनाई छ । उनले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहका साथै कूटनीतिक र मन्त्रालय स्तरबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्धता जनाए । उनले विमानस्थलमा रोकिएको उडान नियमित…
Read Moreइङ्लिस प्रिमियर लिग: उल्भ्ससँग लिभरपुल ३–० गोलले पराजित
माघ २२,काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल घरेलु टोली उल्भ्ससँग ३–० गोलले पराजित भयो । उल्भ्सका क्रेइग डसन र रुवेन नेभेसले गोल गरे । उसले एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै उल्भ्सको २१ खेलबाट २० अङ्क भएको छ । उल्भ्स १५औं स्थानमा छ । पराजित लिभरपुल २० खेलमा २९ अङ्कका साथ १०औं स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस…
Read Moreमधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, सञ्जयकुमार यादव बने अर्थमन्त्री
माघ २०,जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त भएका छन् भने…
Read Moreअसल नियतले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तोकेको हो : थपलिया
माघ २०,काठमाडौँ । असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको मिति तय गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने जनाएको छ । निर्वाचन आयोगले फागुन २५ गते र उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते तोकेको छ । तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राखेका छन् । शुक्रबार प्रमुख…
Read More