मंसिर १३, काठमाण्डौँ । यही मंसिर ७ गते इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएकोछ ।भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न एक भव्य समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गर्ने क्रममा नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो । विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा…
पुरा पढ्नुहाेस्Author: OnlineKendra
एमसिसि परियोजनालाई १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एकीकृत समाजवादीको निर्देशन
मंसिर १३, काठमाण्डौँ । नेकपा (एकीकृत समाजावादी)को एमसिसि अनुगमन समितीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनालाई आफूहरुले संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार नै लागु गर्न निर्देशन दिएको छ । सोमवार विहान एमसिएको कार्यालयमा भएको एमसीसी परियोजनाबारेको छलफल कार्यक्रममा एकीकृत समाजावादीका उपाध्यक्ष तथा एमसिसि अनुगमन समितीका संयोजक राजेन्द्र प्रसाद पाण्डेले एमसिसि लागु गर्दा संसदमा पेश गरेको १२ बुँदे व्याख्यात्मक घोषणा गरेकाले सोहि घोषणा अनुसार लागु गरी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । “संसदवाट पास भई एमसिसि परियोजना लागु भएको एक वर्ष कटिसक्यो, नेपालमा यो परियोजना लागु भै सकेपछी…
पुरा पढ्नुहाेस्प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
मंसिर १३, काठमाण्डौँ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता सम्पन्न भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरे । सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट…
पुरा पढ्नुहाेस्भूकम्प प्रभावितको सहायता कोषमा करिब १९ करोड जम्मा, पिडित भने त्रिपालमुनि !
मंसिर १३, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ । जाजरकोटललाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि राहतस्वरुप विभिन्न संघसंस्था र व्यक्तिहरूले सरकारको विपद् कोषमा उक्त रकम जम्मा गरेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा भएको छ । सरकारले यसअघि एक अर्ब ४१ करोड रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो। जसमा जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र…
पुरा पढ्नुहाेस्कोशीको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाको ८ वटा खर्च कटौतीको प्रस्ताव
मंसिर १३, मोरङ । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले आठ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको छ । अध्यादेशको बजेट प्रतिस्थापनका लागि पेश भएको विनियोजन विधेयकमाथि एमालेले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् । सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल भएको थियो । छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका…
पुरा पढ्नुहाेस्प्रधानमन्त्रीको नेतृत्वमा ३२ सदस्यीय जम्बो टोली दुबई जाँदै, टोलीमा को–को छन् ?
मंसिर १३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रतिनिधिमण्डलका ३२ सदस्यीय टोली आज बेलुका युएई प्रस्थान गर्ने भएको छ । नेपाल एयरलाइन्सको विमानबाट आज राति ९ः३० बजे जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन कोप २८ मा भाग लिन आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा वनमन्त्री वीरेन्द्र महतो, अर्थसचिव कृष्णहरी पुस्कर, वन सचिव दिपककुमार खरेल, परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्साल र प्रोटोकल चिफ दिलिपकुमार पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकी, प्रचण्डकी छोरी गंगा दाहालसहित १८…
पुरा पढ्नुहाेस्राष्ट्रिय स्वतन्त्र पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित
मंसिर १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टीका १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा मनोनीत गरेको हो । यसअघि ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। बैठकले स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा। तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
पुरा पढ्नुहाेस्शेयर कारोवार समय आज बढ्यो, ३ः२४ बजेसम्म खुला हुने
मंसिर १३, काठमाडौँ । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल सटक एक्सचेञ्ज लिमिटेड नेप्सेले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो । आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।
पुरा पढ्नुहाेस्जाडोमा कसरी आफ्नो छालाको केयर गर्ने ?
काठमाडौं। चिसो मौसम छालाको खासै अनुकुल मानिदैन। चिसो वातवरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। यस अवस्थामा तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ। गर्मी मौसममा पनि छालालाई केयर चाहिन्छ तर चिसो मौसममा यसको अझै बढी आवश्यक पर्न जान्छ। जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ । यस जाडोको मौसममा आफ्नो…
पुरा पढ्नुहाेस्एनसेलबाट बाहिरिने आजियाटाको निर्णय
मंसिर १३, काठमाडौँ । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । हाल एनसेलमा ३० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले आजियाटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।
पुरा पढ्नुहाेस्