पिकेको स्ववियु सभापतिमा नेविसंघकी ज्योती पनेरु निर्वाचित

चैत्र ६, काठमाडौँ । पद्यकन्या क्याम्पस पिकेको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघकी ज्योती पनेरु निर्वाचित भएकी छिन् । पनेरुले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् । सचिवमा भुपेश्वरी ऐर र कोषाध्यक्ष पनि श्रेया मैनाली विजयी भएकी छन् । उनीहरु पनि नेविसंघबाटै निर्वाचित भएका हुन् । सचिवमा एमाले निकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।

Read More

नवनिर्वाचित उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिँदै

चैत्र ६, काठमाडौँ । आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् । बारा(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल ९जसपा० पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा-२ को निर्वचान क्षेत्र रिक्त रहेको जानकारी पनि गराइसकेका छन् । गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित…

Read More

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

चैत्र ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको…

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाइँदै

चैत्र ५, चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने…

Read More

स्ववियु नतिजा आउन सुरु, जिरी क्याम्पसमा २ मतले अनेरास्ववियु विजयी, हेटौँडामा के छ ?

चैत्र ५, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ। खोटाङ, कन्चनपुर र दोलखालगायत केही जिल्लाका नतिजा आइसकेको छ । आइतबार भएको मतदान सकिएलगत्तै दोलखाको जिरी क्याम्पसमा भएको मतगणनामा २ मतको अन्तरले एमालेनिकट अनेरास्वयुकी ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन् । उनले २३ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार विनोद बस्नेतले २१ मत पाए। त्यस्तै सचिवमा भने गठबन्धनका लीला जिरेल २३ मत पाएर विजयी भए। कोषाध्यक्ष अनेरास्वयुकै लक्ष्मी कार्की र सदस्यहरूमा अखिलकै आकृति खड्का,कुशल कार्की र सरोजकुमार जिरेल निर्वाचित भएका छन्। खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र…

Read More

विराटनगरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि हवाई फायर, केही पक्राउ

विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने केही प्रदर्शनकारी पक्राउ परेका छन्। कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन भएपछि चार जनालाई प्रहरीले पक्राउ गरेको हो। भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्याँस र तीन राउन्ड हवाई फायरसमेत गरेको छ। प्रदेशसभाले १७ फागुनमा प्रदेशको नामा कोशी राखेपछि केही समूहले विरोध गर्दै आएका छन्। त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन्।

Read More

‘सबै दलहरूले मलाई विश्वासको मत दिनुहुन्छ’ : प्रधानमन्त्री दाहाल

चैत्र ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई सबै दलहरूले विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । आइतबार संघीय संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘सबै दलहरूले विश्वासको मत दिनुहुन्छ भन्ने विश्वास छ मलाई । पहिले मलाई ९९.२५ प्रतिशतले विश्वासको मत दिनुभएको थियो । भोलि शतप्रतिशतले दिनुहुन्छ भन्ने आशा छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार सदनबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्रलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधानतस् प्रधानमन्त्रीले आफूमाथि सदनको विश्वास छ भनेर पुष्टि गर्नुपर्छ । यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६…

Read More

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

चैत्र ५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन…

Read More

आजको शेयर बजार राताम्मे : नेप्से ६.९० अंकले घट्दा कारोवार रकम कति ?

चैत्र ५, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ अङ्कले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ । यसको आज ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै…

Read More

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसदमा पेस

चैत्र ५, काठमाडौँ । संसदमा बेपत्ता पारिएका व्यक्तिकको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९ पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन् । सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालले राखेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेपछि मन्त्री शर्माले उक्त विधेयक पेस गरेकी हुन् ।

Read More