जेठ १४, काठमाडौँ । दुई वर्षदेखि रोकिएको कोरियन भाषाको परिक्षा १९ जेठदेखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ २६ गतेबाट सुरु गर्न लागिएको हो । परीक्षा तीन सिफ्टमा सञ्चालन हुने छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णमध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरूलाई यसै…
Read MoreAuthor: NewsRoom3
च्याम्पियन्स लिगः उपाधिका लागि लिभरपुल र रियल भिड्दै
जेठ १४, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच भिडन्त हुँदैछ । । फ्रान्सको पेरिसमा हुने फाइनलमा लिभरपुल र मड्रिडबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ । युरोपेली प्रतियोगितामा यी दुई टिमबीच…
Read Moreराजस्थान फाइनलमा, उपाधिका लागि गुजरातसँग भिड्ने
जेठ १४, काठमाडौँ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो । अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा…
Read Moreपेट्रोलियम पदार्थमा लगाइएको कर घटाइने
जेठ १४, काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भैसकेको छैन । पेट्रोलियम पदार्थमा लगाइएको उच्च करका कारण मूल्य बढ्दै गएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । अर्थतन्त्रको समग्र क्षेत्रमा परेको प्रभाव तथा निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधिकरण लगायतका क्षेत्रमा समग्र सुधार…
Read Moreमङ्कीपक्सको सङ्क्रमण देखिए १११५ मा सम्पर्क गर्न आग्रह
जेठ १४, काठमाडौँ । हाल विश्वका विभिन्न देशमा फैलिरहेको सरुवा रोग मङ्कीपक्सप्रति सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । नेपाल पनि उक्त रोगको जोखिममा रहेको भन्दै मन्त्रालयले सचेत रहन सबैमा आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित फेला नपरेको बताए । उनले नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा जनावरका र्याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट…
Read Moreदैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न दुई वर्ष समय थप
जेठ १४, दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा।गणेशनाथ त्रिपाठीले बताए । डा।त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए…
Read Moreप्रतिनिधि सभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुँदै
जेठ १४, काठमाडौं । प्रतिनिधि सभाको आज (शनिबार) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ । बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण आज पेस गर्ने कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ । यही जेठ १५ गते (आइतबार) संघीय संसद्को संयुक्त…
Read Moreराष्ट्रपतिद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा
जेठ १४, काठमाडौँ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ । गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।
Read Moreमौसममा आंशिक बदली, हावाहुरी र चट्याङ्गसहित बर्षा हुने
जेठ १४, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ…
Read Moreनिजगढ विमानस्थल रोक्ने सर्वोच्चको फैसलामा नेताहरुको विरोध
जेठ १३, काठमाडौँ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने फैसला गरेसँगै राजनीतिक दल तथा नेताहरुले अदालतको फैसलाको विरोध गरेका छन् । सर्वोच्चको परमादेशलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन् । कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेको टिप्पणी छ । यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाईसमेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पोखरेको तर्क छ । महासचिव पोखरेलले गम्भीर र जिम्मेवार बन्न अपिल गरेका छन् ।…
Read More