च्याम्पियन्स लिगः सिटीले फराकिलो जित

असोज २०, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे । ५५ औं…

पुरा पढ्नुहाेस्

बडादशैँको दोस्रो दिन आज पनि टीका र जमरा लगाउने क्रम जारी

असोज २०, काठमाडौँ । आज बडादशैँको दोस्रो दिन असोज शुक्ल एकादशी । आज पति बडादशैँको टीका र जमरा लगाउने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

पुरा पढ्नुहाेस्

नारायणी, पश्चिम राप्ती र बबई नदीले खतराको तह नाघ्यो

असोज २०, काठमाडौँ । गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बिहीबार बिहान दिएको जानकारीअनुसार देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । विभागका अनुसार देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७.३ मिटर नजिक पुगेको छ । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ । चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेहरूलाई आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन…

पुरा पढ्नुहाेस्

बलात्कार आरोपी सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्ने

असोज २०, काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन् । ‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।’ क्रिकेट खेल्न केन्या पुगेका लामिछानेविरुद्ध गत भदौ २१ गते १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि लामिछानेलाई प्रहरीले २३ गते पक्राउ पुर्जी जारी गरेको थियो । युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको…

पुरा पढ्नुहाेस्

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन आग्रह

असोज २०, काठमाडौँ । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

पुरा पढ्नुहाेस्

बबई नदीले खतराको तह पार गर्यो, सर्तक रहन आग्रह

असोज १९, बर्दिया । मंगलबार रातिदेखि परेको वर्षाले बबई नदीको जलसतहले खतराको तह पार गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार बबई नदीमा जलस्तर ६.१० मिटरमाथि बगिरहेको छ । बबई नदीको जलसतहले खतरा तह पार गरेपछि नदी तटीय क्षेत्र, दाङ, बर्दियाका डुबान भइरहने होचा क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए । मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको हो । हरेक एक घण्टामा चेपाङ, बर्दिया…

पुरा पढ्नुहाेस्

गठबन्धनलाई जसपाको दबाब थेग्नै मुस्किल

असोज १९, काठमाडौं । जनता समाजवादी पार्टीले न्यायोचित रुपमा सिटबाँडफाट नगरे गठबन्धन भत्किने भन्दै असोज २३ गतेसम्मको अल्टिमेटम दिएसंगै सिट बाँडफाँटको बिषय टुङ्ग्याउन गठबन्धनलाई दबाब बढेको छ । दशैँ अगाडी नै सहमति भईसक्ने दाबी गर्दै आएका दलहरुले अझै अन्तिम रुप भने दिन सकेका छैनन् । एक साता यता दैनिक जस्तै बैठक बसेपनि हातमा लाग्यो शुन्य भनेझैँ बैठकमा प्रगती भने हुनै सकेको छैन । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निबास बालुवाटारमा अहिले पनि जारी छ । सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने काङग्रेसका बरिष्ट नेता रामचन्द्र…

पुरा पढ्नुहाेस्

तेह्रथुममा करेन्ट लागेर एक युवकको मृत्यु

असोज १९, काठमाडौं । तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु गएको छ । आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामलाई इन्टरनेटको लाईन जोड्न लाग्दा करेन्ट लागेको हो । इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार इन्टरनेटको लाईन जोड्न विद्युतीय पोलमा चढ्दा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

पुरा पढ्नुहाेस्

आन्तरिक माग घट्दा ८०० मेगावाट विद्युत खेर गयो

असोज १९, काठमाडौं । दसैंको वेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८०० मेगावाट विद्युत खेर गइरहेको छ । दसैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी पर्दा चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको छ । हाल नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८०० मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सयदेखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सयदेखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ । प्राधिकरणले दैनिक रुपमा करिब ४ सय मेगावाट विद्युत भारतमा…

पुरा पढ्नुहाेस्

कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे (हेर्नुहोस सूची)

असोज १९, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका समानुपातिक बन्दसूचीमा हेरफेर गर्दै १ सय १० जना उम्मेदवार तय गरेको छ । नेता डा। शेखर कोइराला पक्षको दबाबपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अन्तिम बन्दसूची हेरफेर गरेका हुन् । जुन निर्वाचन आयोगमा पेस भइसकेको छ । खस आर्य पुरुष तर्फको पहिलो नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम रहेको छ । यस्तै आदिवासी जनजाति पुरुषतर्फ पहिलोमा पूर्व उपसभापति गोपालमा​न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो…

पुरा पढ्नुहाेस्