असार १३, काठमाण्डौ । देश भरिका अटोमोवाइल्स व्यवसायीहरुको केन्द्रिय संस्था नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६(६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ । नाडाले विगत देखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ । सोहि अनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर…
Read MoreCategory: शिक्षा/स्वास्थ्य
शिक्षा र स्वास्थ्य सम्वन्धि ताजा समचार
काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिए
असार १३, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सोमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको…
Read Moreसाल्ट ट्रेडिङ कर्पोरेसनको मल वीरगन्ज आयो, कसरी बितरण हुँदैछ ?
असार १३, काठमाण्डौ । युरिया मलको हाहाकार रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको मल वीरगन्ज आइपुगेको छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा शुक्रबारदेखि भारतको रक्सौलस्थित रेल्वे स्टेसनबाट ढुवानी गरी युरिया मल भित्रिन थालेको हो । कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार शुक्रबारदेखि गोदाममा मल भित्रिन थालेको र हालसम्म १२ हजार ५ सय बोरा मल भित्रिइसकेको छ ।
Read Moreअझै १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी
असार १२, काठमाण्डौ । सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सकेको छैन । राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ ।’
Read Moreप्रेस युनियनको महाधिवेशन हेटौंडामा, असार २० भित्र मतादाता नामावली टुंग्याइने
असार १२, काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको…
Read Moreआजको तरकारी भाउ कति छ ?
असार १२, काठमाण्डौ । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ । यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ । ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६०…
Read More२४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
असार ११, काठमाण्डौ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय दुई जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको…
Read Moreन्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु
असार ११, काठमाण्डौ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण…
Read Moreहैजाको रोकथामका विषयमा छलफल
असार ११, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँलगायतका स्थानमा देखा परेको कलेरा हैजा बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । गृहमन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसङ्ग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न अपनाउनुपर्ने आवश्यक कदमका बारेमा छलफल गरेका हुन् ।
Read Moreकर्णाली नदीमा डुबेर बालिकाको मृत्यु
असार ११, काठमाण्डौ । कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन् । त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read More