काठमाण्डौको बाइसधारामा आजदेखि पाँच दिने मेला सुरु

बैशाख ११, काठमाण्डौँ । काठमाण्डौको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईंचो लागेको बताए ।

पुरा पढ्नुहाेस्

आज मंगलबार गणेशको पूजा कसरी गर्ने ?

बैशाख ११, काठमाडौँ । आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख । चैत शुक्ल पक्षको पूर्णिमा तिथि । लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन् । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ । मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा…

पुरा पढ्नुहाेस्

आजको मौसम : केही ठाउँमा हल्का वर्षाको सम्भावना, ६ प्रदेशमा हावाहुरी चल्ने

बैशाख ११, काठमाण्डौँ । हाल देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशलगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराईंका केही स्थानमा हावाहुरीको सम्भावना छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च…

पुरा पढ्नुहाेस्

पारिश्रमिक नबढाए एसइई परीक्षाको उत्तरपुस्तिका नजाच्ने

बैशाख १०, काठमाडौँ । विभिन्न शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै यस्तो चेतावनी दिएका हुन् । एसइई परीक्षा सकिएर यतिखेर उत्तरपुस्तिका परीक्षणको चरणमा छ ।

पुरा पढ्नुहाेस्

पर्साद्धारा १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद

दिपू वर्णवाल बैशाख १०, वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १५ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका – १६ भन्सार मेन गेट वरपरको इलाकाबाट १५ लाख बराबरको भन्सार छलीका सामानहरू बरामद गरी भन्सार दाखिला गरेको हो । सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर वीरगञ्जका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक ९डिएसपी० देवेन्द्र बहादुर सिंहका अनुसार टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको कपडा, इलेकट्रोनिक्स, कस्मेटिक, खाद्यान्न, जुत्ता,…

पुरा पढ्नुहाेस्

धनुषामा श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

बैशाख १०, काठमाण्डौँ । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग…

पुरा पढ्नुहाेस्

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको निधन

बैशाख १०, काठमाडौँ । लालीगुराँस नगरपालिका–५ दागपा, तेह्रथुममा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार राति साढे सात बजे फोन चार्ज गर्ने क्रममा पिनमा औंला गएपछि करेन्ट लाग्दा नौ वर्षीय सुदीप लिम्बुको निधन भएको हो । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रमुख इन्सपेक्टर खगेन्द्र एकटेलका अनुसार करेन्ट लागेर घाइते भएपछि बालकलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । इन्सपेक्टर एकटेलले बालबालिका वा अभिभावकले फोन चार्ज गर्ने क्रममा ध्यान दिन समेत आग्रह गरेका छन् ।

पुरा पढ्नुहाेस्

आजको मौसम : यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

बैशाख १०, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको…

पुरा पढ्नुहाेस्

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अत्यन्तै जरुरी सूचना

बैशाख ९, काठमाण्डौँ । मुखिया पट्टी गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सम्बन्धित निकायको स्वीकृति तथा अनुमति नलिइकन सञ्चालनमा रहेका निजी विद्यालय एवम् कोचिङ सेन्टरहरुले शैक्षिक शत्रमा विद्यार्थीहरुको नामाङ्कन गर्नु अगाडी जानकारी गराउन आग्रह गरेको छ । कुनै नगरपालिका गाउँपालिकामा सञ्चालित विद्यालय कोचिङ सेन्टरहरुले यातायतको साधन बस, अटो रिक्सा पालिका क्षेत्र भित्र गुडाउँदा तथा विद्यार्थीहरू ओसारपसार गर्नु पूर्व गाउँ कार्यपालिकाको कार्यालयमा जानकारी गराउ पनि आग्रह ग।िरएको छ । साथै सूचनालाई वेवास्ता गरी नामाङ्कन गराएमा ओसारपसार गराईएको पाइएमा कानून अनुसार कारवाहि प्रकृया अगाडि बढाईने सूचनामा उल्लेख छ ।

पुरा पढ्नुहाेस्

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

बैशाख ९, काठमाण्डौँ । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए । समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार…

पुरा पढ्नुहाेस्