रुसको तेल पूर्वाधारलाई लक्षित गरेर युक्रेनको आक्रमण

चैत्र ३,काठमाडौँ । युक्रेनले पछिल्ला हप्ताहरूमा रुसको तेल पूर्वाधारलाई लक्षित गर्दै आक्रमण बढाएको छ । आज मात्रै युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ । रुसको समारा क्षेत्रका गभर्नरले युक्रेनी ड्रोनले दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणबाट मानवीय क्षति नभए पनि एउटा प्रशोधन केन्द्र भने आगलागीबाट नष्ट भएको खबरमा उल्लेख छ । अरु दुईवटा ड्रोनलाई आकाशबाटै खसाल्न सफल भएकाले थप क्षति हुनबाट जोगिएको गभर्नर दिमित्री अजारोभले बताउनुभएको छ । रुसमा आजदेखि राष्ट्रपतीय चुनावको मतदान पनि शुरु भएको छ…

पुरा पढ्नुहाेस्

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

चैत्र ३,काठमाडौँ । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिक परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमूनाको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले जानकारी दिएको छ । यसमा अतिरिक्त बाहन जोखिम परीक्षणसहितका प्राविधिक परिक्षण भएको छ । पृथ्वीमा रहेका वैज्ञानिक र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङग्रहित…

पुरा पढ्नुहाेस्

हैटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिने

फागुन २९,काठमाडौँ । हैटीका प्रधानमन्त्री एरियल हेनरीले देशमा बढ्दो दबाब र हिंसापछि राजीनामा दिन सहमत हुनुभएको छ । हैटीमा राजनीतिक सङ्क्रमणबारे छलफल गर्न जमैकामा क्षेत्रीय नेताहरूले भेटघाट गरेपछि प्रधानमन्त्री हेनरी राजीनामा दिन सहमत भएको बीबीसीले जनाएको छ । सशस्त्र समूहले स्वदेश फर्किनबाट रोकेपछि प्रधानमन्त्री हेनरी अहिले पुर्तो रिकोमा छन् । आफ्नो राजीनामाको घोषणा गर्दै उनले एक भिडियो सम्बोधनमा हैटीवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले सत्ता हस्तान्तरणका लागि एक अन्तरिम परिषद्को स्थापनापछि आफू नेतृत्व सरकारले तुरुन्त राजीनामा दिने बताएको खबरमा उल्लेख छ । पूर्वराष्ट्रपति जोभेनेल मोइसेको हत्यापछि सन् २०२१…

पुरा पढ्नुहाेस्

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

फागुन २७,काठमाडौँ । पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् । जरदारीका प्रतिस्पर्धी विपक्षी दलको…

पुरा पढ्नुहाेस्

भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

फागुन २६, काठमाण्डौँ । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकेका छन् । भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ । तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गरेका हुन्…

पुरा पढ्नुहाेस्

अमेरिकी कार्गो जहाज हमलामा ३ जनाको मृत्यु, एक नेपाली बेपत्ता !

फागुन २४, काठमाडौँ । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ । बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्र कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

पुरा पढ्नुहाेस्

संविधानमै गर्भपतनको अधिकार प्रदान गर्ने विश्वको पहिलो देश फ्रान्स !

फागुन २२, काठमाण्डौँ । फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ । बीबीसीका अनुसार फ्रान्स संविधानमै गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्‌का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरे । गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो । यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्‌मा यो संशोधनका पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो। संशोधन पारित हुनेबित्तिकै संसद्‌का सदस्यहरूले उठेर स्वागत गरेका थिए । संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि…

पुरा पढ्नुहाेस्

बङ्गलादेशको ढाकामा आगलागी , ४३ जनाको मृत्यु

फागुन १८, काठमाण्डौँ । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन् । उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ । ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेका सहित करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट…

पुरा पढ्नुहाेस्

मालीमा भीषण सडक दुर्घटना, पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

फागुन १७, काठमाडौँ । अफ्रिकी देश मालीमा मंगलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । केनिबामा एउटा बस नदीको पुलबाट खसेको हो । यो दुर्घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो । बस बुर्किना फासो जाँदै थियो। चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । पश्चिम अफ्रिकामा पछिल्लो समय सडक दुर्घटना बढेको छ । मालीको खराब सडकलाई बढ्दो सडक दुर्घटनाको कारण मानिएको छ । विश्वभर सडक ट्राफिकबाट हुने मृत्युमध्ये झण्डै एक चौथाइ अफ्रिकामा हुने गर्दछ ।

पुरा पढ्नुहाेस्

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव परिवारले बुझ्यो

फागुन १३,काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेको खबर छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको नौ दिनअघि आर्कटिक सर्कलको जेलमा निधन भएको थियो । रुसी अधिकारीहरुले नाभाल्नीको अन्तिम संस्कार गोप्य ढङ्गले गर्ने सहमतीमा आमालाई शव दिएका हुन् । अत्यन्तै गोप्य रुपमा अन्त्येष्टि नगर्ने भएमा शव जेल भित्रै गाड्ने भनेपछि त्यही शर्तमा शव लिएको नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा नाभाल्नीकी आमा ल्युदमियाले हस्ताक्षरसमेत गरेको बीबीसीको खबरमा उल्लेख छ…

पुरा पढ्नुहाेस्