असार १२, काठमाडौ । वायुसेवा सञ्चालकहरुले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति प्रकट गरेका छन् । नेपाल आयल निगमले पेट्रोल र डिजेल तथाच मट्टीतेलको मूल्य भारी कटौती गरेको छ । तर, हवाई इन्धनमा उच्च नाफा राखिरहेपछि वायुसेवा सञ्चालक संघले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको हो । यसबाट हवाई यात्रा महँगो पर्न जाने र पर्यटन क्षेत्र नै प्रभावित हुने संघको भनाइ छ । विदेशी पर्यटक नआउँदा वायुसेवा कम्पनीले न्यूनतम मूल्यमा नेपाली यात्रुलाई सेवा दिइरहेको स्मरण गराउँदै संघले ध्यानाकर्षण गराएको हो । संघका प्रवक्ता योगराज कँडेलका अनुसार हवाई सेवा सञ्चालनमा…
Read MoreCategory: प्रदेश
निलकण्ठमा ७ दिने क्रिष्टल माला बनाउने तालिम सम्पन्न
असार १२,निलकण्ठ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने क्रिष्टल माला बनाउने तालिम आज सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाले आयोजना गरेको सो तालिममा १९ जना महिलाको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माले लघु उद्यमको लागि क्रिष्टल माला बनाउने तालिम उपयोगी हुने बताए । असार ५ गते देखि ७ दिन चलेको तालिममा महिलाहरुले क्रिष्टलबाट माला बनाउन सिकेका छन् । तालिमपछि सहभागीहरु क्रिष्टल मालाको व्यवसाय गर्न उत्साहित भएको उद्यम विकास सहजकर्ता राधिका अर्यालले अनलाइनकेन्द्रलाई बताइन् ।
Read Moreबेलकोटगढीमा टेलिकमको समस्या समाधान गर्न निरन्तर पहल, ७ दिनभित्र रिपोर्ट बुझाउने
असार १२,नुवाकोट । बेलकोटगढी नगरपालिकाको कार्यालय आसपासको क्षेत्र र बेलकोटगढीका सबै ठाउँहरुमा टेलिकमको समस्या भएपछि बेलकोटगढीका जनप्रतिनिधिले नेपाल टेलिकम नुवाकोटसंग छलफललाई निरन्तरता दिएको छ । आज आइतबार सदरमुकाम विदुरमा समस्या समाधान गर्नको लागि बेलकोटगढीका प्रमुख जगत बहादुर गुरुङ र टेलिकमको नुवाकोट शाखा प्रमुख बिकाश महर्जन र कार्यलयको टेक्निसियन समूह र बेनपा ३ का अध्यक्ष र नगर प्रबक्ता कृष्ण बहादुर भुजेल लगायतको टिमबीच छलफल भएको हो । छलफलपछि नगरपालिकामा भएको समस्या पहिचान गरि ७ दिन भित्र रिपोर्ट बुझाउने र आवश्यक कार्य थालनी गरि दशैँ अगाडि काम सम्पन्न गर्ने प्रतिबद्धता टेलिकम प्रमुख…
Read More‘सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ’ : सभापति सुमार्गी
असार १२,सर्लाही । लालबन्दी उद्योग बाणिज्य संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका कृषि उद्यम केन्द्रका सभापति नेपालमा कृषि उद्योगको विषयमा विभिन्न क्षेत्रबाट चासो बढ्दै गएको बताएका छन् । उनले लालबन्दीमा गोलभेडाको उत्पादन राम्रो हुने भएपनि बस्तुसंग सम्बन्धित उद्योग नहुँदा उत्पादन खेर गइरहेकोले केचपजस्ता बस्तु बाहिरबाट मगाउने काम बन्द गरेर लालबन्दीमै त्यस्तो किसिमको उद्योग खोल्नुपर्नेमा जोड दिए । सभापति सुमार्गीले असार १४ र १५ गते लाहान र जनकपुरमा रहने बताउदै उनले कृषि उद्यम केन्द्रले कृषिको उत्पादन तथा बजारीकरणमा सहजिकरण…
Read Moreभरतपुर विमानस्थलको टावरनजिकै आगलागी
असार १२,भरतपुर । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन भएको उहाँले बताउनु भयो । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना…
Read Moreभरतपुर महानगरले ६ अर्बको बजेट ल्याउदै
असार ९,भरतपुर । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उनले भने, “हामी रु ६ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।” बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकहरूसँग छलफल र सुझावसमेत लिएको थियो । छलफलमा पूर्वप्रधानमन्त्री,…
Read Moreआज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै
असार ९,काठमाडौँ । भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो । रामायण सर्किटसँग सम्बन्धित धार्मिक स्थलको दर्शन गर्दै पर्यटक बोकेको रेलसहित आज जनकपुरधाम दिउँसो १ः४५ बजे आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए । रेलमा आउने सबैजना धार्मिक पर्यटक नै रहेको उनले पर्यटकहरु आफ्नै हिसाबले होटल, लज, धर्मशालालगायत आवासको व्यवस्थापन मिलाएको बताए । महाप्रबन्धक झाका अनुसार, रामायण सर्किटसँग सम्बन्धित अयोध्या,…
Read Moreभिमढुंगा–लामिडाँडा सडक कालोपत्रे गर्न ४२ करोड स्विकृत
असार ८,काठमाडौँ ।नागढुंगा–गल्छी सडकको विकल्पको रुपमा रहेको बैकल्पिक सडक भिमढुंगा लामिडाँडा सडकको दोस्रो खण्ड वर्ष यसै वर्ष कालोपत्रे शुरु हुने भएको छ । सो सडकलाई प्रदेस –संघ समपुरक योजना अन्तरगत ४२ करोड स्विकृत भएको छ । आव ०७९/८० मा ८ करोड विनियोजन भएको थियो । भिमढुंगा–लामिडाडा सडकको प्रगति र बजेटको विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसंग विस्तृत छलफल गरेको पाण्डेका प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले अनलाइनकेन्द्रलाई जानकारी दिए । लामो समयदेखि भिमढुंगा–लामिडाँडा सडक खण्डको विकराल स्थिती रहेको छ । नागढुंगा–मुग्लिन सडक खण्ड विस्तारको क्रममा रहदा भिमढुंगा–लामिडाँडा…
Read Moreबागमतीमा प्रदेश युवा निति बनाइने, अन्तिम मस्यौदा तयारी समितीको संयोजकमा ढुंगाना
असार ७,काठमाडौँ । बागमती प्रदेशले प्रदेश युवा निति बनाउने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाउन लागेको युवा नितिको अन्तिम मस्यौदा तयारी समिती गठन गरेको छ । समितीको संयोजकमा आरके ढुंगाना चयन भएका छन् । मंगलबार मात्रै मन्त्रालयले सो निर्णय गरेको हो । अन्य सदस्यहरुमा महेन्द्रराज पौडेल,कोपिला पोखरेल,शुशिल गिरी र सदस्य सचिवमा रमेश घिमिरे रहेका छन् । समितीमा चार ठुला दलका युवा र बिद्यार्थी संगठनका प्रदेश अध्यक्ष र थप ३ जना आमन्त्रित सदस्य रहने मन्त्रालयले बताएको छ । बागमती प्रदेशले आफ्नो प्रदेशमा युवा निति कस्तो हुने भन्ने सवालमा…
Read Moreमहानगरपालिकाभित्रका घरजग्गा अब भाडामा लगाउनु परे कम्पनीमार्फत गर्नपर्ने !
असार ५, काठमाडौ । महानगरपालिकाभित्रका घरजग्गा अब भाडामा लगाउनु परे कम्पनीमार्फत मात्र काम हुने भएको छ। धरधनीहरुले बाहिरबाट काठमाडौंमा डेरा गरेर बस्न आउनेहरुबाट मनपरी भाडा असुल्ने र कर पनि नतिर्ने प्रवृत्ति बढेको बेला महानगरपालिकाले यस्तो नीति ल्याएको छ। स्वतन्त्रबाट निर्वाचित मेयर बालेन्द्र शाह ९बालेन०ले आइतबार पहिलोपटक आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जसमा घरजग्गा बहालसम्बन्धी काम अबदेखि कम्पनीमार्फत गरिने व्यवस्था मिलाइने उल्लेख छ। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेनले अब घरजग्गा बहालमा लिनेदिने काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गर्ने बताए। भाडाको काम कम्पनीमार्फत गर्दा पारदर्शी…
Read More