असार ४, काठमाण्डौ । आर्थिक वर्ष सकिन करिब १ महिना बाँकी रहँदा प्रदेश १ सरकारको विकास खर्चको अवस्था दयनीय देखिएको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गर्न सकेको छ। यो विनियोजित बजेटको ५४ प्रतिशत मात्र हो । आर्थिकवर्ष २०७८र७९ का लागि प्रदेश सरकारले ३४ अर्ब ५४ करोड १३ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित रकममध्ये जेठ १५ सम्म १८ अर्ब ४७ करोड २३ लाख १८ हजार ८६८ रुपैयाँ १४ पैसा मात्रै खर्च भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक…
Read MoreCategory: प्रदेश १
विराटनगर महानगरपालिकामा कांग्रेसको उम्मेदवार नागेश कोइराला
बैशाख १२,काठमाडौँ । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको मेयरमा नेता डा. शेखर कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिँदा उम्मेदवार टुङ्गो लगाउन ढिलाइ भएको थियो । पार्टीले डा। कोइरालाकै सिफारिसमा नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलालाई मेयरमा अघि सारेका थिए ।
Read Moreउदयपुर किशोरी हत्या प्रकरण: आरोपीले बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकारे !
चैत्र २३,उदयपुर । जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्बजनिक गरेको छ । घटनाको भोलिपल्ट प्रहरीले पत्रकार सम्मेलन गरी हालसम्मको अनुसन्धानबाट देखिएको अभियुक्तलाई सार्बजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न बेलका नपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल सार्वजनिक गरेको छ घटनामा एक नाबालिको संलग्नता देखिए पनि उनलाई प्रहरीले सार्बजनिक गरेको छैन । एकवर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको छ । उनीहरुले मङ्गलबार विहान ट्युसन पढ्न जाने निहुँ पारेर बोलाएर बाटोमा हत्या…
Read Moreभारतको सहयोगमा त्रियुगाको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास
चैत्र २२, उदयपुर । त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा.नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका छन् । सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो । श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत…
Read More‘ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य भयौँ ‘ : मुख्यमन्त्री पाण्डे
चैत्र ५,धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केपी ओलीले पार्टीलाई व्यक्तिगत कोटरी बनाए आफ्ना मान्छे भर्ती केन्द्र बनाएको टिप्पणी गरेका छन् । धादिङको धुनिवेसी नगर कमिटिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले ओलीको सर्वसत्तावाद बिरुद्ध उभिन बाध्य हुनु परेको स्पष्ट पारे । ‘ओलीको गोजीमा पार्टी केन्द्रिय कमिटी रह्यो’, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डेले भने– ‘हामी अब सुधृढ र जनताको मर्म बुझ्ने अनुशासित पार्टी बनाउछौं, हामी युवाहरुलाई प्राथमिकता दिने पार्टी बनाउने छौँ ।’ खसी काटेर गाउँगाउँमा भोज लाउदै मान्छे फकाएर कम्युनिस्ट पार्टी अघि नबढ्ने उनले तर्क गरे…
Read Moreताप्लेजुङको कोप्चे बजारमा आगलागी: एक वृद्धाको मृत्यु, दुई घर जलेर नष्ट
फागुन २७,ताप्लेजुङ । फुङलिङमा रहेको कोप्चे बजारमा लागेको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आगलागीबाट दुई वटा घर जलेका छन् । आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको हो । घाइते १६ वर्षीया रविना लिम्बुको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट सङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली…
Read Moreप्रदेश–१ को प्रदेशसभा बैठक बस्दै
फागुन १५, काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन । हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै…
Read Moreजनकपुरबाट पोखरासम्मको सीधा हवाई उडान हुने
फागुन ५,काठमाडौ । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए । जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत…
Read Moreतीनवटा ट्रक तर्ने क्रममा अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो
फागुन १, संखुवासभा । जिल्लाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । शनिबार दिउँसो निर्माण सामग्री बोकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए । ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प…
Read Moreप्रदेश १ मा जम्बो मन्त्रिपरिषद गठन
माघ २३, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेशमा रहेका सात मन्त्रालय फुटाएर १३ मन्त्रालय बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । आइतबार थपिएका मन्त्रीहरुमा इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रालय, हिमाल कार्कीले सडक पूर्वाधार तथा शहरी विकास, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै जयराम यादव स्वास्थ्य मन्त्री, रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु…
Read More