कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता

माघ २६, विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्टी जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि बार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो । हिजोको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो । वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले…

पुरा पढ्नुहाेस्

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

माघ २५, मोरङ । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदैछ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो । पहिचानसहित कोशी प्रदेशको पुनः नामाकरण गरिनुपर्नेलगायतका माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको थियो । यसअघि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।…

पुरा पढ्नुहाेस्

कोशी प्रदेशमा नेताहरुलाई गाडी बाँड्ने अध्यादेश फेल गराउने एमालेको चेतावनी

माघ १५, विराटनगर । कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन नेकपा एमालेले आग्रह गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरेको हो । गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए संसदबाटै फेल पार्ने एमालेले चेतावनी दिएको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले तत्काल फिर्ता नलिए अध्यादेश फेल गराउन बाध्य हुने बताए । प्रदेशमा एक जना मात्रै सांसद भएको पार्टीलाई पनि गाडी सुविधा दिनसक्ने गरी ऐन संशोधन गर्नु आपत्तिजनक रहेको उनले बताए । अन्य प्रदेशमा नभएको अभ्यास प्रदेशमा…

पुरा पढ्नुहाेस्

मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

माघ १४, मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका लागि तीन जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई…

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा सदस्य निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

माघ ९, विराटनगर । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरुबीच भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि…

पुरा पढ्नुहाेस्

कोशीका मुख्यमन्त्री कार्कीको सम्पत्ति : ७ वटा घडेरी, २५ तोला सुन, ८० तोला चाँदी

माघ ४, काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मोरङको बूढीगंगा गाउँपालिका २ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बूढीगंगामा १ कठ्ठा १२ धूर जग्गा छ । सम्पत्ति विवरणअनुसार उनको बूढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । यस्तै उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला…

पुरा पढ्नुहाेस्

कोशी प्रदेश सभाको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

पुस २५,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन भएका छन्। प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो। यसरी सत्तारूढ र प्रतिपक्षी दलहरूको समर्थन पाएका विष्टलाई मंगलबारको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने औपचारिकता पूरा गरेको हो। उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी छन्। सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन्। राप्रपा सासद भक्तीप्रसाद सिटौला प्रस्तावक र अर्का सांसद…

पुरा पढ्नुहाेस्

जसपाको धरानमा आयोजित प्रशिक्षण सकियो

पुस १८,धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए। त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए । पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको…

पुरा पढ्नुहाेस्

मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाए

पुस १२,काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर हटाएका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टटास लेख्दै धरान संघीय सरकारको महत्व नदिए प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाउने बताएका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति फोटो हटाएर यलम्बरको फोटो राखेको एक कर्मचारीले बताए । ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु १ जय देश १,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । धरान उपमहानगरका प्रवक्ता समेत रहेका १७ नम्बर वडाका…

पुरा पढ्नुहाेस्

जलविद्युत् आयोजनालाई उत्तरदायी बनाउन लिखुपिके गाउँपालिकाको आग्रह

पुस ४,सोलुखुम्बु । सोलुखुम्बुको लिखुखोलामा एमभी दुगड ग्रुपले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व र वातावरणीय प्रभाव मूल्याङ्कनमा उल्लेख गरेका काम नगरेको भन्दै लिखुपिके गाउँपालिकाले माथिल्लो निकाय गुहारेको छ । पटक–पटक ताकेता र पत्राचार गर्दा समेत आयोजनाले उत्तरदायित्व अन्तर्गतका कुनै पनि काम नगरेको भन्दै गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जिल्ला प्रहरी कार्यालयदेखि गृह मन्त्रालयसम्मको ध्यानाकर्षण गराएका हुन् । अध्यक्ष बस्नेतले गृहमन्त्री, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र रामेछापलाई पत्र लेखेर आयोजनाको काम तत्काल रोक्का राखी…

पुरा पढ्नुहाेस्