असार १२,सर्लाही । लालबन्दी उद्योग बाणिज्य संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका कृषि उद्यम केन्द्रका सभापति नेपालमा कृषि उद्योगको विषयमा विभिन्न क्षेत्रबाट चासो बढ्दै गएको बताएका छन् । उनले लालबन्दीमा गोलभेडाको उत्पादन राम्रो हुने भएपनि बस्तुसंग सम्बन्धित उद्योग नहुँदा उत्पादन खेर गइरहेकोले केचपजस्ता बस्तु बाहिरबाट मगाउने काम बन्द गरेर लालबन्दीमै त्यस्तो किसिमको उद्योग खोल्नुपर्नेमा जोड दिए । सभापति सुमार्गीले असार १४ र १५ गते लाहान र जनकपुरमा रहने बताउदै उनले कृषि उद्यम केन्द्रले कृषिको उत्पादन तथा बजारीकरणमा सहजिकरण…
Read MoreCategory: प्रदेश २
आज पाँच सय भारतीय पर्यटक जनकपुरधाम आउँदै
असार ९,काठमाडौँ । भारतीय रेलबाट एकै पटक पाँच सय धार्मिक पर्यटक आज (बिहीबार) जनपुरधाम आउदै छ । निजी खर्चमा ४९९ धार्मिक पर्यटक बोकेको भारतीय रेल गत मङ्गलबार साँझ ७ बजे दिल्लीबाट प्रस्थान गरेसँगै आज जनकपुर आइपुग्ने भएको हो । रामायण सर्किटसँग सम्बन्धित धार्मिक स्थलको दर्शन गर्दै पर्यटक बोकेको रेलसहित आज जनकपुरधाम दिउँसो १ः४५ बजे आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिए । रेलमा आउने सबैजना धार्मिक पर्यटक नै रहेको उनले पर्यटकहरु आफ्नै हिसाबले होटल, लज, धर्मशालालगायत आवासको व्यवस्थापन मिलाएको बताए । महाप्रबन्धक झाका अनुसार, रामायण सर्किटसँग सम्बन्धित अयोध्या,…
Read Moreबागमतीमा प्रदेश युवा निति बनाइने, अन्तिम मस्यौदा तयारी समितीको संयोजकमा ढुंगाना
असार ७,काठमाडौँ । बागमती प्रदेशले प्रदेश युवा निति बनाउने भएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाउन लागेको युवा नितिको अन्तिम मस्यौदा तयारी समिती गठन गरेको छ । समितीको संयोजकमा आरके ढुंगाना चयन भएका छन् । मंगलबार मात्रै मन्त्रालयले सो निर्णय गरेको हो । अन्य सदस्यहरुमा महेन्द्रराज पौडेल,कोपिला पोखरेल,शुशिल गिरी र सदस्य सचिवमा रमेश घिमिरे रहेका छन् । समितीमा चार ठुला दलका युवा र बिद्यार्थी संगठनका प्रदेश अध्यक्ष र थप ३ जना आमन्त्रित सदस्य रहने मन्त्रालयले बताएको छ । बागमती प्रदेशले आफ्नो प्रदेशमा युवा निति कस्तो हुने भन्ने सवालमा…
Read Moreजिसस पर्सामा जसपा र एमाले गठबन्धनका उम्मेदवारहरु विजयी
दिपु वर्णवाल जेठ २७, बिरगंज । जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा जसपा र एमाले गठबन्धनका उमेदवारहरु बिजयी भएका छन। शुक्रवार सम्पन्न निर्वाचनमा जिसस पर्साको प्रमुखमा जसपाका निरन्जन साह सोनार र उपप्रमुखमा एमालेका पुरन कुर्मी निर्वाचित भएका हुन्। भने सदस्यहरुमा पनि जसपा(एमाले गठबन्धनका साझा उम्मेदवारहरु विजयी भएका छन्। जिससको प्रमुखमा सोनार १५ मतका साथ निर्वाचित भएका हुन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजजवादी पार्टी ९लोसपा० का उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरेका छन् । उपसभापतिमा एमोलका पुरण प्रसाद कुर्मी निर्वाचित भएका छन् । सोनार यसअघि भएको वीरगञ्ज…
Read Moreपर्सा जिसस अध्यक्षको लागि कांग्रेस नेता चौरसियाको उम्मेदवारी
दिपु वर्णवाल जेठ २६,वीरगञ्ज । यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचन सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । भने नेपाली कांग्रेसबाट उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको छ। सरोज चौरसिया नेपाली कांग्रेसको भातृ संगठनको नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीतिक सुरु गर्दै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाले जिल्ला समन्वय समिति पर्साको सभापतिमा उम्मेद्वारी दिएपछि कांग्रेसका युवा नेताहरु उत्साहित छन् । पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा चिरपरिचित समेत…
Read Moreजसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन
जेठ २५, वीरगञ्ज । जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादबले भोलि शुक्रबार हुन गइरहेको जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले पर्सासंग कुनै गठबन्धन नभएको बताएका छन् । पुजन होटलमा हामी हाम्रो निर्वाचित पाँचजना संगै बसेर छलफल गरी रहँदा अचानक एमालेका केही नेताहरु आउन थालेपछि आफु त्यहाँबाट उठेर हिंडेको भन्दै कहीं कोही संग लिखित वा मौखिक समझदारी नभएको भन्दै केन्द्रबाट लिखित परिपत्र पठाए बमोजिम गर्नु पर्ने अडानमा अहिले पनि कायम रहेको बताए । पार्टी भित्र कुनै ब्यक्तिलाई सिंगल हिरो बन्ने चाहना जागृत भएको र त्यो समस्या पर्सा एमाले भित्र पनि रहेकोले…
Read Moreवीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारको घोषणा
जेठ १६, वीरगञ्ज । विगत २ दशकभन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्घोष गरेका हुन् । वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना पनि पुनः सञ्चालन गर्ने कार्यक्रममा आइतवार अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा समेटिएको छ । पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसान आश्रीत रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुइ दशक बितिसकेको छ । तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा…
Read Moreविरगञ्जमा कसको होला पल्लाभारी ? यस्तो छ चुनावी अंकगणित
बैशाख १३,विरगञ्ज । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुई पक्षीय भिडन्त हुने सङ्केत छ । वीरगञ्जमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नकेपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको सत्ता गठबन्धन र नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर बनेको विपक्षी गठबन्धन बीच मात्र प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्जका पूर्व मेयर गोपाल गिरीका छोरा गिरिश गिरीले महानगरको मेयरमा उम्मेदवारी दिएपनि वीरगञ्जको लागि उनि नयाँ अनुहार नभएको कारण…
Read Moreनेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी
बैशाख १३,धादिङ । नेकपा एस (एकीकृत समाजवादी) ज्वालामुखी गाउँपालिका अध्यक्षमा सुनिता सिम्खडा र उपाध्यक्षमा धर्म अर्यालले मनोनयन दर्ता गरेका छन् । ज्वालामुखीमा अध्यक्षको उम्मेदवारी दिने सिम्खडा समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्यसमेत छिन् । सिम्खडा धादिङको विभिन्न संघ- सस्थामा कृयाशिल छिन् । ज्वालामुखीमा गठबन्धनबीच सहमति हुन नसकेपछि सबै राजनीतिक दलले छुट्टाछुट्टै मननोयन दर्ता गरेका थिए ।
Read Moreसप्तरीमा मोटरसाइकल दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु
बैशाख १०,सप्तरी । हुलाकी सडक खण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, त्यही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको ज्यान गएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश(१ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किएका थिए ।
Read More