माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने

पौष २७, जनकपुरधाम । मधेश सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन ‘प्रदेश नं २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गयो

पुस १०९,पर्सा । बाघको आक्रमणबाट पर्सामा एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट पटेर्वा सुगौली गाउँपालिका–२ थरकटीका ३२ वर्षीय मनोज उराँव धाँगडको ज्यान गएको प्रहरीले जनाएको छ । घर नजिकै जङ्गलमा शौच गर्न गएका धाँगड आज सोमवार बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शव फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० रामराज केसरीले जानकारी दिए । धाँगडको शव परीक्षणका लागि वीरगञ्जमा रहेको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्

आगामी मंसिर २५ गते गोपाल सेवा समितिको ३२औ बार्षिकोत्सव

मंसिर १९,काठमाडौँ । आगामी मंसिर २५ गते गोपाल सेवा समितिको ३२औ बार्षिकोत्सव आयोजना हुने भएको छ ।बार्षिकोत्सव कृष्ण मन्दिरको प्राङ्गण जनकपुरमा आयोजना गरिने गोपाल सेवा समितीले बताएको छ । कार्यक्रमममा समितीको विभिन्न कार्ययोजना,बार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ ।

पुरा पढ्नुहाेस्

एमाले मधेशको प्रथम अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

असोज २४, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन आज बुधबारदेखि प्रदेश राजधानी जनकपुरधाममा हुँदैछ ।मधेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा आज र भोलि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनका अनुसार अपरान्ह १२ बजे अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।अधिवेशनको उद्घाटन सत्रमा मधेशको मौलिक संस्कृतिक झल्किने विभिन्न झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ । अधिवेशनमा प्रदेशका आठ वटै जिल्लाबाट १ हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने प्रदेश अध्यक्ष यादवले बताए…

पुरा पढ्नुहाेस्

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने

असोज २४, जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका(४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए । मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाउन पुगेका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए ।

पुरा पढ्नुहाेस्

जनकपुर बिग मार्टमा आगलागी

आश्विन २१,धनुषा। जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा आगलागी नियन्त्रण भएको हो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ । मार्टको…

पुरा पढ्नुहाेस्

मिर्चैयामा बस दुर्घटना: २ जनाको मृत्यु, २२ जना घाइते

आश्विन १५,सिरहा । जिल्लाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा बसका सहचालक समेत रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालक पक्राउ परेका छन् ।

पुरा पढ्नुहाेस्

मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त, काँग्रेसबाट समिम र जनमतबाट सिंहले शपथ लिए

साउन १५,काठमाडौँ । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ । भने जसपाबाट विना विभागीय मन्त्री रहेकी सुरिता साह यथावत छन् ।

पुरा पढ्नुहाेस्

कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुली

साउन ११,रौतहट । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गौर वितरण केन्द्रले विद्युत प्रसारण गर्ने आफ्नो क्षेत्र भित्र कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुल गरेको छ । शाखा कार्यालय गौरले लामो समयसम्म विद्युत महसुल नतिरेर कालोसूचिी परेका एक हजार ५८४ जना ग्राहकबाट पाँच करोड २१ लाख ९७ हजार १८४ रुपियाँ बक्यौता रकम असुलेको हो । शाखा प्रमुख इन्जिनियर विजय महतोका अनुसार तीन महिनाभन्दा बढी समय र दश हजार रुपियाँभन्दा बढी महसुल नबुझाएका उक्त सङ्ख्याका ग्राहकको विद्युत् प्रसारण सेवा अवरुद्ध गरिएको थियो । तीमध्ये एक हजार चार सय पाँच…

पुरा पढ्नुहाेस्

कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उपमेयर यादव पक्राउ

असार २०,काठमाडौँ । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न।– ४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा…

पुरा पढ्नुहाेस्