नेपालमा सुशासनको अवस्था गत बर्षको जस्तै

माघ ११, काठमाडौं । नेपालमा सुशासनको अवस्था गत बर्षको जस्तै देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क ९सीपीआई० रिपोर्टअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा परेको छ । रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टीआईको रिर्पोटअनुसार ‘विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट,…

Read More

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, भोली ९ बजेदेखि मतदान

माघ ११, काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ १२ गते) हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला–जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रमसमेत सुरु भएको छ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए । आयोगले माघ ७…

Read More

बागमती प्रदेश सरकारले गति लिदै, कृषि औजार र मल कारखाना स्थापनाको तयारी अघि बढ्यो

माघ १०,काठमाडौँ । बागमती प्रदेश सरकारले कृषि औजार र रासायनिक मल कारखाना स्थापनामा सक्रियता अघि बढाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कृषि औजार र रासायनिक मल कारखाना स्थापनाका लागि उपयुक्त जग्गाको खोजीको क्रममा आइतबार हेटौँडा औद्योगिक क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । मुख्यमन्त्री पाण्डेसँगै रासायनिक मल कारखाना स्थापनामा लगानी गर्न इच्छुक थाइल्यान्डका लगानीकर्तासहितको टोली सहभागी रहेको थियो । मुख्यमन्त्री पाण्डेले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग, वनस्पति घिउ उद्योग, उद्योग स्थापना गर्न सम्झौता गरेको लामो समयसम्म उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण सुरु नगरेको साउथ एसिएन ब्रुअरी उद्योगलगायतका खाली जग्गा…

Read More

राष्ट्रियसभा निर्वाचन: सत्तापक्षका उम्मेदवारलाई विजयी गराउन अपिल

माघ १०,काठमाडौँ । यही माघ १२ गते हुने हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारलाई विजयी गराउने पाँच दलीय गठबन्धनले अपिल गरेको छ । पाँच दलीय गठबन्धन समन्वय समितिका तर्फबाट अपील जारी गरी लोकतन्त्रको रक्षाका लागि सझा उम्मेदवार जिताउन आग्रह गरिएको हो । अपीलमा भनिएको छ, ’यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौँ’, ्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल…

Read More

राष्ट्रिय सभा निर्वाचन: ४८ घन्टा अगावै मौन अवधि सुरु, के–के गर्न पाइदैन् ?

माघ १०,काठमाडौँ । आगामी बुधबार तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ । मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ । उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै…

Read More

धादिङबाट युवा संघ नेपालको केन्द्रिय आयोजक कमिटीमा ६ जना चयन

माघ ९,काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पूर्ण बैठक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका सह–इन्चार्ज तथा केन्द्रीय अध्यक्ष एवं संयोजक किरण पौडेलको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी…

Read More

स्थानीय चुनाव पर धकेल्न खोज्नु लोकतन्त्रको मर्ममाथिको प्रहार : एमाले

माघ ९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुनुपर्ने बताएको छ । सत्ता गठबन्धन निर्वाचन पर धकेल्न उद्धत रहेको उल्लेख गर्दै त्यसो गर्नु लोकतन्त्रको मर्ममाथिको प्रहार भएको बताएको हो । आइतबार समसामयिक विषयमा एमालेका धारणाहरु सार्वजनिक गर्दै नेपालको संविधानले स्थानीय तहको रिक्तताको परिकल्पना नै नगरेको जनाएको हो । ‘स्थानीय तहहरू जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबैभन्दा नजिकको सरकारको भूमिकामा छन् । जनतालाई सेवा प्रदान गर्ने आधारभूत निकाय भएकाले स्थानीय तहलाई रिक्त राख्नु भनेको जनतालाई सेवा-सुविधाबाट बञ्चित राख्नु हो, जनताको अधिकार कुण्ठित पार्नु हो,’ अध्यक्ष केपी…

Read More

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

माघ ९, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ। हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। आज ओलीले पत्रकार सम्मेलनसमेत गर्ने भएका थिए।

Read More

कानुनविद्को एउटै मत: पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्छ

माघ ९, काठमाडौ । कानूनविद्हरुले पालिकाको चुनाव निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र महतोले स्थानीय पालिका चुनाव ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए। उनले पालिकामा चरणको कुनै कुरा नै नभएकोले यो पालिकामा ल्याउनु भनेको प्रदेशसभा चुनाव ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए । वरिष्ठ अधिवक्ता महतोले एकै पटक चुनाव गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पार्नुभयो ।

Read More

राप्रपालाई निर्वाचन आयोगले भन्यो-“विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउ”

माघ ९, काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ । संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वाभाविक रुपमा लिएको निर्वाचन आयोग सम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए । उनले अघि भने, ‘कोरोना…

Read More