जेठ २३,बुटवल । । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशको बजेट ३७ अर्ब भन्दा माथिको नबनाउने बताएका छन् । ३५ अर्ब रकम प्रदेशमै भएको र त्यसलाई केही बढाएर लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ३७ अर्बसम्मको बनाइने बताए । सोमबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै ठूलो आकारको बजेट भन्दा खर्च हुने आकारको सानो बजेट आउने बताए। उनले कृषि, स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर बजेट बन्ने र कृषिमा ९० प्रतिशत अनुदान कटौत नगरी कृषकहरुलाइृ सहुलियत ऋणको व्यवस्था गरिने बताए ।लुम्बिनी प्रदेशको बजेट…
Read MoreCategory: प्रदेश ५
तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने
बैशाख २२,बुटवल । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना तयार पारेकोे छ । हाल कायम रहेको ६०–४० प्रतिशत लगानीको प्राबधान खारेज गर्दै नगरका सबै भित्रि सडक कालोपत्रे गर्दा उपभोक्ताबाट रकम नउठाइने र नगरकै लगानीमा निमार्ण गरिने कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले बताए । ‘हामी जनताको सेवामा जुटेका र्छौ,यसअघिको सरकारले काम भन्दा गफ नै लगाएर प्रचारमात्र गर्यो,हामी काम गरेर देखांउछौं ।’— उनको भनाइ छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्रमै यो कुरा उल्लेख…
Read Moreलुम्बिनीमा गठबन्धन दलहरूसँग चुनावी तालमेल गर्ने पाँच दलको निर्णय
चैत्र २८,काठमाडौँ । लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति…
Read Moreलुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू
चैत्र २८,काठमाडौँ । लुम्बिनी प्रदेशमा पाँच दलिय गठबन्धनको बैठक सुरू भएको छ । मुख्यमन्त्री कार्यालय बुटवलमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्नको लागि गठबन्धनको बैठक सुरू भएको हो । छलफलमा पार्टी का प्रमुखले जिल्लामा आफ्नो दलको अवस्था वारे पालैपालो ब्रिफिङ गरेको बैठकमा सहभागी एक सदस्यले वताए । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीसहित नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल , जनता समाजबादी पार्टीका प्रदेश अध्यक्ष अशोक यादब , नेकपा एकिकृत समाजबादि पार्टीका केन्द्रिय कमिटीका सदस्य राजु गुरूङ, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रेआलम लगायतका नेताहरूको सहभागीता…
Read Moreमोटरसाइकल दुर्घटना: आमाको मृत्यु, छोराछोरी घाइते
चैत्र २७,दाङ । दाङको घोराहीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मोटरसाइकल दुर्घटनामा परि १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका हुन् । उनीहरुको घोराहीमा उपचार भइरहेको छ । रोहन र सविना दाजु बहिनी हुन् । मृतक उनीहरुकी आमा रहेको प्रहरीले जनाएको छ । घोराहीको कटुकीबाट नारायणपुर बजार आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका(८ वनगाउँमा दुर्घटनामा परेको थियो ।
Read Moreफागुनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्ने
माघ २४,काठमाडौँ । सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे/नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ । गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ…
Read Moreप्युठान जीप दुर्घटना: मृत्यु भएका आठ जनाकै पहिचान खुल्यो
माघ २२,काठमाडौँ । प्युठानको ओखरपाटामा भएको जीप दुर्घटनामा मृत्यु भएका आठ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु भएका एक बालिकासहित पाँच महिला र तीन पुरुष रहेका छन्। मृतक आठ जनामध्ये एकै परिवारका तीन जना समेत रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गौमुखी गाउँपालिका–६ जिनावबाङका ३९ वर्षीय वसन्त खड्का, उनको ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरुका ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले जानकारी दिए । दुर्घटनामा त्यही वडाका २९ वर्षीया केशरी खड्का, ५० वर्षीय जीप चालक बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५०…
Read Moreश्रीमान बाट श्रीमतीको घाँटी थिची हत्या
पुस १९, रुकुम। रुकुम पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका(९ की २६ वर्षकी कमला खनालको हत्या आरोपमा उहाँका श्रीमान दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेका हुन् । गएको शुक्रवार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा कमलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको बताउनु भएको छ । खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएका प्रहरी निरीक्षक शर्माले बताउनुभयो । जिल्ला अदालत रुकुमबाट १०…
Read Moreएमाले महासचिव पोखरेललाई आफुसंग चुनावमा लडेर देखाउन चौधरीको चुनौती
मंसिर १८, बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन् । शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन् । माओवादी केन्द्रसंग एकता हुँदा पनि आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का भएकोले पोखरेलले २०७४ सालमा अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीले आरोप लगाए । समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आरोप लगाउंदै चौधरीले पोखरेललाई जनताले आगामी निर्वाचनमा हराइदिने बताए ।…
Read Moreसल्यान बस दुर्घटना(अपडेट): मृत्यु हुनेको संख्या १२ पुग्यो
कात्तिक२१,सल्यान । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो । बस सडकबाट केही तल घरमाथी पुगेर अड्किएको छ । बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० गोविन्द थापाले जानकारी दिए ।
Read More