जेठ २७,जाजरकोट । यहाँको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् भने अन्य ४ जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको प्रजिअ शाहीले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिएका थिए।
Read MoreCategory: कर्णाली प्रदेश
कालिकोटस्थित रासकोट अस्पतालमा सहयोग सामग्री हस्तान्तरण
जेठ २१,कालिकोट । सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ। दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचिव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संचारकर्मी रबि लामिछानेको अगुवाइमा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिएपछि स्थानीय समाजसेवीहरूकै सक्रियतामा अस्पताल संचालनमा ल्याएको छ। कार्यरत कर्मचारी र चिकित्सकको तलब रासकोट नगरपालिकाले उपलब्ध गराएपनि अस्पतालसम्म बिरामी पुर्याउने एम्बुलेन्स,उपचारमा प्रयोग हुने…
Read Moreबर्दियामा ७ वर्षीया बालिकामाथी जबर्जस्ती करणी
जेठ १९, बर्दिया । बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Read More‘सहकारीमार्फत लगानी गरेर कृषिको विकास गरौँ ‘ : सुमार्गी
फागुन २७,रोल्पा । कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले कृषिको उदारिकरण गर्न आवश्यक रहेको बताएका छन् । रोल्पा उद्योग बाणिज्य महासंघको १८ औँ बार्षिक साधारण सभामा सम्बोधन गर्दै सुमार्गीले ९० प्रतिशत नागरिक कृषिमा आधारित भएको कारण राज्यले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनल सहकारीमार्फत कृषिमा लगानी गरेर कृषिको विकास सम्भव रहेको बताए । सुमार्गीले सहकारीमार्फत कृषिमा लगानी गरेर प्रविधिको उच्चतम प्रयोग गरेमात्रै नेपाल उत्पादनमा अघि बढ्ने बताए । उनले कृषि क्रान्तीको लागी सरकारले निजी क्षेत्रसंग मिलेर अघि बढ्न सुझाव दिएका छन्…
Read Moreकर्फ्यू आदेश जारी गरेपछि वीरेन्द्रनगर सुनसान !
फागुन १७, सुर्खेत । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मंगलबार विहानैदेखि सुनसान बनेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि सोमबार बेलुकादेखि लगाइएको कर्फ्यूका कारण वीरेन्द्रनगर सुनसान बनेको हो । प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएको छ । मुख्य बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी आयोजना गरिएका विभिन्न कार्यक्रम स्थगित भएका छन् । यहाँका शिव मन्दिरहरु सुनसान…
Read Moreनेकपा एसको चेतावनीले कर्णाली प्रदेश सरकारमा तरंग
माघ २२, काठमाडौँ । कर्णाली प्रदेश सरकार विस्तार फेरि अन्योलमा परेको छ । तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एकीकृत समाजवादीको चेतावनीपछि सरकारमा नयाँ तरंग उत्पन्न भएको हो । नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री जीवन बहादुर शाहीले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । तर, एकीकृत समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि भोलि मन्त्रिपरिषद् विस्तार नहुने पक्कापक्की भएको हो । सहमतिअनुसार पूर्व–मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका…
Read Moreकर्णाली प्रदेश सभामा सर्वसाधारणलाई सहभागि गराइने
माघ १४, काठमाडौँ । कर्णाली प्रदेश सभा सर्वसाधारणका लागि खुला गरिने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि कर्णाली प्रदेश सभा खोलिनेछ । प्रदेश सभा सचिवालयका अनुसार प्रत्येक महिनाको १५ र २९ गते संसद् खुलाइनेछ । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणको लागि प्रदेश सभा खुल्ने भएपछि प्रदेश सभा के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो हुनछ भन्नेबारे सर्वसाधारण नागरिकले प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन् । देशका सातवटा प्रदेश मध्ये सर्वसाधारण नागरिकलाई संसद अवलोकनको सुविधा लिन लागेको…
Read Moreबाढीपीडितका लागि १२ करोड निकासा
माघ ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रूपैयाँ निकासा गरेको छ । २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि उक्त रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रूपैयाँ राहत रकम पठाएका छन् । यस्तै दुई करोड रूपैयाँ बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ…
Read Moreकर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै
पुस २८,सुर्खेत । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ । आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
Read Moreकर्णाली प्रदेशसभा बैठक आह्वान
मंसिर ३, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिन्छ,’ प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
Read More