सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गयो

साउन २३,सल्यान । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको ज्यान गएको छ । शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको ज्यान गएको प्रहरीले जनाएको छ । छोरा नवीनलाई पक्राउ गरिएको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पुरा पढ्नुहाेस्

खलङ्गाको डिपोमा १ हजार ७ सय २१ क्विन्टल नुन मौज्दात: साल्ट ट्रेडिङ

साउन ७,काठमाडौँ । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । खलङ्गाको डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले भने, ‘जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै पालिकाका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय…

पुरा पढ्नुहाेस्

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन

जेठ २७,काठमाडौँ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन भएका छन् । उनी पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ । महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिए । उनका अनुसार भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको छ । ‘मोवाइल गाडिभित्रै कपडाले बेरेर राख्नु भएको रहेछ । चाबी पनि गाडीको…

पुरा पढ्नुहाेस्

रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न

बैशाख २८,सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । बुधबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रूपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको उपस्थिति थियो । यस्तै कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका उप-मेयर निलकण्ठ खनाल, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनार, सुर्खेत चेम्बर अफ कमर्सका एन्ड इन्डष्ट्रीका अध्यक्ष लक्ष्मण कँडेल,…

पुरा पढ्नुहाेस्

दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

बैशाख २८,दैलेख । दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ । नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए । ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् । आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका…

पुरा पढ्नुहाेस्

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिए

बैशाख १५,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन् । उनलाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एकरएक जना गरी २९ जना सांसदले विश्वासको मत दिएका छन् । ४० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २१ जनाको समर्थन आवश्यक थियो । नेकपा एमालेका नौ र राप्रपाका एक जनासहित १० जना सांसदले उनको विपक्षमा मतदान गरे । नेकपा एमालेको समर्थनमा गएको पुसमा मुख्यमन्त्री बनेका शर्माले…

पुरा पढ्नुहाेस्

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

बैशाख ५,काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए । विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए । यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए…

पुरा पढ्नुहाेस्

कर्णाली सरकारबाट एमाले बाहिरियो ! समर्थन पनि फिर्ता

चैत्र २७,सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । सरकारबाट बाहिरिएसँगै सोमबार पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको हो । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो । चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने…

पुरा पढ्नुहाेस्

कर्णालीका मुख्यमन्त्री शर्माले पाए एमालेसहितको विश्वासको मत

चैत्र १७,काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् । आज शुक्रवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उनले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा…

पुरा पढ्नुहाेस्

पश्चिम रुकुममा भूकम्प

माघ २७,रुकुम । पश्चिम रुकुममा आज बिहान भूकम्प गएको छ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

पुरा पढ्नुहाेस्