असार ४,बिरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रममा उनले भने, ‘म त हिजो जिल्ला विकास समितिको सभापति भएको मान्छे हो । त्यतिबेला त्यहाँ धेरै पावर थियो त ! अहिले नामको मात्र मन्त्री, मुख्यमन्त्री रे…! मैले अस्ति प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, संघीयता मन परेको छैन भने ‘क्यान्सिल इट’ । नेपालको संघीयता विश्वमै महाकमजोर भएको उनले टिप्पणीसमेत गरे । ‘संसारमा संघीयता सबैभन्दा कमजोर भएको भारत हो, त्यसभन्दा महाकमजोर नेपालको संघीयता भयो,’…
Read MoreCategory: प्रदेश ७
सुदूरपश्चिममा एक तिहाइ पालिकामा मात्रै गठबन्धनको तालमेल
बैशाख १४,काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति एक तिहाइ पालिकामा मात्रै कार्यान्वयन भएको छ । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २३ वटा पालिकामा मात्रै गठबन्धनका प्रमुुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको हो । अधिकांश पालिकामा तीन दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र तथा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै गठबन्धन गरेका छन् । तीमध्ये धेरै ठाउँमा दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । तर, नेताहरूले यसअघि सहमति भइसकेका पालिकामा भने सम्बन्धित दलबाहेकको उम्मेदवारी फिर्ता…
Read Moreबझाङमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
बैशाख ६,काठमाडौँ । बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
Read Moreबझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
बैशाख ४,बझाङ। बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१९००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो । दुर्घनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने १ जना घाइते अञ्जु बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जीप गएराति पौने १ बजे दुर्घटना भएको हो ।
Read Moreजसपाका सुदूरपश्चिम अध्यक्षलाई माओवादी केन्द्रमा प्रचण्डको स्वागत
चैत्र २९,काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार नै जसपा छाडेको घोषणा गरेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । चौधरीसहितका नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने प्रचण्डले बताए । विप्लवतिर गएका केन्द्रीय नेताहरु पनि आउने भन्दै उनले भने, ‘कैलालीमा त २०६४ को नजिक पुग्छ भन्नेमा विश्वस्त छु ।’ ०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय उनी ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४…
Read Moreप्रचण्डले भने–’सुदूरपश्चिम सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमती हुन्छ’
फागुन ३०,धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने विषयमा छलफल सुरु भएको छ । कैलालीको धनगढीमा आज बिहान पत्रकारहरूसँग कुराकानीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि यस विषयमा गठबन्धनभित्र छलफल भएको बताएका हुन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । छलफलमा काँग्रेसले निर्वाचन आउँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता खोजेको प्रचण्डले बताए । ‘सबै प्रदेशमा गठबन्धनका पार्टीहरूको सहमतिबाटै सरकार बनेको छ । सबैको प्रतिनिधित्व पनि छ । सुदूरपश्चिममा नेपाली काँग्रेसको…
Read Moreस्वास्थ्य चौकीका उपकरण प्रयोगविहीन
फागुन २९,कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, “जनशक्ति नहुँदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।” कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन् । “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उनले भने, “केही…
Read Moreडोटीमा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको बढ्दै
फागुन २,डोटी। जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक आइजङ्ग कुँवरले बताए । उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ३० देखि ४० जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् । जिल्लामा केही दिन यतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा…
Read Moreमाघीका अवसरमा सांस्कृतिक कार्यक्रमको रौनक
माग ४, काठमाडौ । कोरोना कहरकै बीच शुक्लाफाँटा नगरपालिकामा माघीका अवसरमा सांस्कृतिक कार्यक्रमको रौनक बढेको छ। वडा कार्यालयको सहयोगमा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेका छन्। थारू समुदायका लोपोन्मुख अवस्थामा पुगेका नृत्य जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका हुन्। कार्यक्रममा थारू समुदायका सखिया, छोक्रा, मघौटा‚ मुंग्रह्वा लगायत नृत्यहरू प्रस्तुत गरिएका छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। यो अवसरमा परम्परागत नृत्यहरू देखाई मनोरञ्जन लिने गरिन्छ। यसै अवसरमा थारू समुदायका मौलिक परिकार ढिक्री लगायत पाहुना आएकालाई खुवाउने समेत गरिन्छ। थारू समुदायमा नृत्यको चाँजोपाँजोको व्यवस्था बडघरले मिलाउने गर्छन्। नृत्य गाउँका…
Read Moreडोटीमा पच्चीस हजार बालबालिकालाई कोरोना विरुद्धको खोप
पुस १९, डोटी। जिल्लाका पच्चीस हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्ष माथिदेखि १८ वर्ष मुनिका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा पच्चीस हजार बालबालिकालाई खोप लगाउन सुरु गरिएको कार्यालयको भनाइ छ । जिल्लामा ३३ हजार विद्यार्थीको तथ्याङ्क प्राप्त भए पनि पच्चीस हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहिलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र बाँकीलाई दोस्रो चरणमा लगाइने कार्यालयका स्रोत…
Read More