सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

चैत्र १५, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् । नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् । सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् ।

पुरा पढ्नुहाेस्

नयाँ मन्त्री थपिँदा पनि सुुदूरपश्चिम सरकार अल्पमतमै, कसरी हुँदैछ सत्ता स्थिर ?

फागुन २६, काठमाण्डौँ । केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै प्रदेशहरूमा पनि पुरानो सरकार भत्काउने र नयाँ सरकार बनाउने प्रयास शुरु भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नागरिक उन्मुक्ति पार्टीका थप ३ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गरे पनि उहाँ अझै अल्पमतमा हुनुहुन्छ।५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । कांग्रेससँग १८…

पुरा पढ्नुहाेस्

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन

माघ १२, काठमाडौँ । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरिएको छ । संसदीय दल नेता रहेका खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाइएको छ । शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकले संसदीय दलको नयाँ नेतामा धामीलाई चयन गरेको हो । संसदीय दल नेता बनेका प्रदेश सांसद धामी दार्चुलाबाट निर्वाचित भएका हुन् भने निवर्तमान दल नेता भट्ट डडेल्धुराबाट निर्वाचित भएका हुन् ।माओवादीका बहुमत प्रदेश सांसदहरु नेता भट्टको विपक्षमा उत्रिएर उनलाई हटाउनका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र समेत दिएका थिए ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति चयन आज हुँदै

पौष २५, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो । प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार समितिका सभापति पदका प्रत्यासीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ ।

पुरा पढ्नुहाेस्

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

असोज २५, काठमाण्डौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभएको छ। निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उपाध्यक्ष पदमा हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत हुनुभएको हो। यस्तै, महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत हुनुभएको हो । यसअघि एमालेले लुम्बिनी, बाग्मती,…

पुरा पढ्नुहाेस्

एमाले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत चयन

आश्विन २५,काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ । प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् । उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा सहमति जुटेपछि साउदले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै पदाधिकारीमा सर्वसम्मत भएको हो ।

पुरा पढ्नुहाेस्

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित

असोज २४, काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत निर्वाचित भएका छन् । गएराति एमाले स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा छलफलपछि अछामका जैशीको नेतृत्वमा पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिव खुला पुरुषतर्फ नेपालु चौधरी, महिला उपसचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् ।

पुरा पढ्नुहाेस्

एमाले सुदूरपश्चिमको नयाँ नेतृत्वको लागि आज मतदान हुँदै

असोज २३, काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि आज मतदान हुने भएको छ ।प्रदेश निर्वाचन कमिटीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मतदान साँझ ५ बजेबाट सुरु हुनेछ । त्यसअघि बिहान ७ बजे देखि ९ बजेसम्म उम्मेदारी दर्ता हुनेछ । बिहान ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । दिउँसो १२ः३० बजे देखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको कार्यतालिकामा उल्लेख छ । दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने साँझ ५ बजेबाट मतदान हुनेछ ।

पुरा पढ्नुहाेस्

एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको छ । सर्वसहमति नभएमा निर्वाचन हुने उनले जानकारी दिए । एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाएका हुन् ।

पुरा पढ्नुहाेस्

अस्थायी आवास बनाउन ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

आश्विन १९,बझाङ । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए। गत मंगलबार २ पटक आएको भूकम्पले एक जनाको मृत्यु र घर तथा भवनमा क्षति पुर्‍याएको थियो। प्रधानमन्त्री दाहालले भूकम्पबाट के–कति क्षति पुगेको छ छिट्टै यकिन गरिने बताए। ‘सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माण के…

पुरा पढ्नुहाेस्