असार १२,निलकण्ठ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने क्रिष्टल माला बनाउने तालिम आज सम्पन्न भएको छ । निलकण्ठ नगरपालिकाले आयोजना गरेको सो तालिममा १९ जना महिलाको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माले लघु उद्यमको लागि क्रिष्टल माला बनाउने तालिम उपयोगी हुने बताए । असार ५ गते देखि ७ दिन चलेको तालिममा महिलाहरुले क्रिष्टलबाट माला बनाउन सिकेका छन् । तालिमपछि सहभागीहरु क्रिष्टल मालाको व्यवसाय गर्न उत्साहित भएको उद्यम विकास सहजकर्ता राधिका अर्यालले अनलाइनकेन्द्रलाई बताइन् ।
Read MoreCategory: समाज
नेपाली समाज
बेलकोटगढीमा टेलिकमको समस्या समाधान गर्न निरन्तर पहल, ७ दिनभित्र रिपोर्ट बुझाउने
असार १२,नुवाकोट । बेलकोटगढी नगरपालिकाको कार्यालय आसपासको क्षेत्र र बेलकोटगढीका सबै ठाउँहरुमा टेलिकमको समस्या भएपछि बेलकोटगढीका जनप्रतिनिधिले नेपाल टेलिकम नुवाकोटसंग छलफललाई निरन्तरता दिएको छ । आज आइतबार सदरमुकाम विदुरमा समस्या समाधान गर्नको लागि बेलकोटगढीका प्रमुख जगत बहादुर गुरुङ र टेलिकमको नुवाकोट शाखा प्रमुख बिकाश महर्जन र कार्यलयको टेक्निसियन समूह र बेनपा ३ का अध्यक्ष र नगर प्रबक्ता कृष्ण बहादुर भुजेल लगायतको टिमबीच छलफल भएको हो । छलफलपछि नगरपालिकामा भएको समस्या पहिचान गरि ७ दिन भित्र रिपोर्ट बुझाउने र आवश्यक कार्य थालनी गरि दशैँ अगाडि काम सम्पन्न गर्ने प्रतिबद्धता टेलिकम प्रमुख…
Read Moreअझै १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी
असार १२, काठमाण्डौ । सरकारले असारको दोस्रो साता बितिसक्दा पनि अझै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन सकेको छैन । राष्ट्रिय सभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले १५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी दिए । उनले भने, ‘जनक शिक्षा सामाग्रिबाट कक्षा ४ देखि १० सम्म १ करोड ९६ लाख थान छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ८१ लाख थान छपाइ गरी वितरण भइसकेको छ। निजी प्रकाशनबाट पनि छपाइ तथा वितरणको व्यवस्था मिलाइएको छ ।’
Read Moreप्रेस युनियनको महाधिवेशन हेटौंडामा, असार २० भित्र मतादाता नामावली टुंग्याइने
असार १२, काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतको उपस्थितिमा बसेको युनियको केन्द्रीय सचिवालय, पूर्वअध्यक्षहरु र वरिष्ठ पत्रकारहरूको बैठकले हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका सबै तयारीलाई तीब्रता दिने तथा असार २० गतेसम्म मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको युनियनमा यसअघि दुई समूहले अलग अलग महाधिवेशनको मिति तोकेका थिए । अहिले सबैको…
Read Moreभरतपुर विमानस्थलको टावरनजिकै आगलागी
असार १२,भरतपुर । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ । आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो । बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन भएको उहाँले बताउनु भयो । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना…
Read Moreआजको तरकारी भाउ कति छ ?
असार १२, काठमाण्डौ । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ । यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ । ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६०…
Read More२४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
असार ११, काठमाण्डौ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार आठ सय दुई जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १६ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६ सय ८८ जनाले कोरोना विरुद्धको…
Read Moreपेट्रोलमा २० र डिजल/मट्टितेलमा २९ रुपैयाँ भाउ घट्यो, नयाँ मुल्यसुची सार्वजनिक !
असार ११, काठमाण्डौ । राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो । अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९…
Read Moreन्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु
असार ११, काठमाण्डौ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको सो आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत शुल्क पाउने गरी मंगलबार सम्झौता गरेको छ । प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाई भएपनि प्राधिकरणले साविक मितिबाट नै उत्पादित विद्युतको शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सवस्टेसनबाट राष्टिय प्रणालीमा जोडिएको हो । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण…
Read Moreहैजाको रोकथामका विषयमा छलफल
असार ११, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँलगायतका स्थानमा देखा परेको कलेरा हैजा बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । गृहमन्त्री खाँणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिंह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसङ्ग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न अपनाउनुपर्ने आवश्यक कदमका बारेमा छलफल गरेका हुन् ।
Read More