बीपी दर्शन: राष्ट्रिय एकताका लागि मेलमिलाप

-डा.सुरेश आचार्य                   बीपी कोइराला २०३३ सालमा आठ वर्ष लामो प्रवास जीवनबाट नेपाल फर्किएको दिन हो । मानिसहरू अहिले पनि यसलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा सम्झन्छन् र यसको सान्दर्भिकता नसकिएको व्याख्या गर्न रुचाउँछन् । बीपीले जुन परिवेशमा राष्ट्रिय मेलमिलापको आवश्यकता औँल्याउनु भएको थियो, आज त्यो परिस्थिति छैन । नेपालको प्रजातन्त्रसँग राष्ट्रियताको सम्झौता गर्नुपर्ने अवस्था आइपर्दा उहाँले प्रजातन्त्रका लागि राष्ट्रियता गुमाउने सर्त मञ्जुर गर्न चाहनु भएन । र उहाँले बरु राजासँग सम्झौता गरेर प्रजातन्त्रको दियो जगाइराख्छु भन्ने दृष्टिकोण राख्नुभयो । यो बेग्लै कुरा हो…

Read More

सत्ताकेन्द्रित कम्युनिष्ट धुव्रीकरण र बर्तमान राजनीतिको परिदृष्य

-राज ढुंगाना                          लामो रस्साकस्सी,घोच्कापेच्का र फराकिलो मौनतापछि तत्कालिन नेकपाका तिन शीर्षनेता केपि ओली,प्रचण्ड र माधव नेपालबीच दोहोरो कुराकानी भएको छ । यतिमात्रै हैन् नेकपा एमालेका अध्यक्ष केपि ओलीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदमा आसीन हुन पुगेका छन् । यो नेपाली कम्युनिष्ट मनहरु,कम्युनिष्ट आस्थाहरुको लागि सुखद,उल्लासयुक्त र सकारात्मक क्षण हो । नेपाली इतिहासमा नेपालका कम्युनिष्ट सत्ताका लागि फुटेको र सत्ताले नै जुटेको उदाहरण प्रशस्तै पाइन्छ । यद्यपी त्यो नेपाली कांग्रेस र अन्य मध्यमार्गी दलहरुमा समेत लागु हुन्छ…

Read More

गठबन्धन र पार्टीलाई मिलाएर लैजान देउवालाई चुनौती

 वैद्यनाथ पौडेल              नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएपछि अबको राजनीतिक कोर्सबारे बहस सुरु भएको छ । देउवाको चयनसँगै सत्ता समीकरणको मार्ग प्रशस्त भएको छ । साथै यो चुनावले देउवा पार्टीमा झनै शक्तिशाली रुपमा देखिनु भएको छ र पार्टीको इतर समूह तथा गठबन्धनलाई पनि मिलाएर लैजाने चुनौती थपिएको छ । अनौपचारिक छलफल भए पनि गठबन्धनभित्र पद बाँडफाँटका विषयमा औपचारिकरुपमा छलफल सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्नका लागि दाबी पेस गर्न आउँदो आइतबारसम्मको समय दिनु भएको छ । यसकारण…

Read More

महिला हिंसाको अन्त्य कहिले हुने ?

-पियंका भण्डारी प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान चलाईन्छ । प्रत्येक वर्ष महिला हिंसा विरूद्धको अभियानलाई महिला अधिकारकर्मीहरुले भव्यरूपमा मनाउँछन् अनि सरकारले पनि विभिन्न प्रतिबद्धताहरु जाहेर गर्छ । तर महिला हिंसाको अवस्था भने जस्ताको त्यस्तै छन् । अहिले त्यहि अभियान चलिरहेका बेला हाम्रो समाजमा हिंसाका कहालिलाग्दा घटनाहरु दिन प्रतिदिन घटिरहेका छन् । समाजमा घटिरहेका घटनाहरु हेर्दा लाग्छ महिलाहरुका लागि यो सिंगै संसार असुरक्षित छ । कतै पनि महिलाहरु सुरक्षित छैनन् । कसैले भनेजति दाईजो नल्याएको निउमा कुटिनु परेको छ ! त कसैले प्रेमको नाममा…

Read More

नैतिकताको कठघरामा आम नागरिक

जयराम बिडारी_______________ हरेकले कलम चलाउँदा ती निर्दोष नागरिकहरुको अपेक्षाहरुलाई आँखा अगाडि अनि मन र मस्तिष्कमा स्पष्ट रुपमा राखेर अनि विवेकको प्रयोग गरेर कलम चलाउनु पर्दछ । अनि मात्र विषयवस्तुको गहिराइमा पुग्दै लेखनले लक्षित समूहको प्रतिनिधित्व गरेको ठहर्छ । नीति, विधि, पद्धतिको प्रसंगमा एउटा नीतिकथाको प्रसंग याद आइरहेको छ । एकपटक एकजना धार्मिक प्रवृत्तिका सज्जन मानिस धार्मिक यात्राका क्रममा बनारस गएछन् । ट्रेनबाट उत्रिएर केही अगाडि बढ्दै थिए ओहो मामा कहिले आइपुग्नु भयो ? भन्दै एकजना मानिस उनको पाउमा परेर दण्डवत गर्न आइपुगेछन् । नचिनेको मानिसले बीच बजारमा दण्डवत गर्दा उनलाई…

Read More

दशै: अर्थतन्त्र चलायमान चाड

-विश्वास रेग्मी          दशैँ सँघारमा छ । किनमेल, घुमघाम, भेटघाट, मनोरञ्जनदेखि अनेकौँ योजना पूरा गर्ने समय हो यो । अधिकांश हिन्दु नेपालीको प्रमुख चाडका रूपमा स्थापित दशैँलाई नै लक्षित गरेर सार्वजनिक प्रणाली निर्माण पनि भएका छन् । सबैभन्दा धेरै सार्वजनिक बिदा यही समय हुन्छ । दशैँ लक्षित चाडपर्व खर्चका रूपमा अतिरिक्त एक महिनाको तलब कर्मचारीलाई उपलब्ध हुन्छ । सार्वजनिक यातायातको अतिरिक्त व्यवस्थापनदेखि सुरक्षा प्रणालीको परिचालनमा पनि राज्यले थप मेहनत गर्नुपर्छ । दशैँमा हुने व्यापक किनमेलकै कारण अनुगमन प्रणाली पनि यतिबेला बढी सक्रिय हुने गर्छ । सरकार आफैँले…

Read More

स्मरणमा प्रदिप गिरी: समाजवादी आन्दोलनका व्याख्याता

-किशोर नेपाल                    एक युगमा एक महामानवको जन्म हुन्छ। लोकतान्त्रिक आन्दोलनका योद्धा, समाजवादी चिन्तकरविचारक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले नेपाली समाजसँगै विश्वकै विद्वत् वर्ग शोकमा परेको छ । नेता गिरीको भदौ ४ गते शनिबार निधनभएपछि एक युगको अन्त्य भएको छ। म प्रदीप गिरीलाई दाइ भनेर सम्बोधन गर्छु। मेरो जीवनमा प्रदीप दाइलाई सम्झिने आयाम धेरै छन् । १४ वर्षको उमेरदेखि म उहाँको सङ्गतमा थिएँ । मेरो शिक्षामा, अध्ययनमा रुचि परिस्कृत गर्न उहाँको धेरै ठूलो हात छ । वास्तवमा म पत्रकारितामा लाग्नुको मुख्य कारण उहाँकै प्रेरणा…

Read More

नागरिकतालाई अनएराइभल भिसाजस्तो सस्तो बाँड्नु हुन्न

-प्रेमलकुमार खनाल देशको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षाको रक्षा र प्रवद्र्धन गरेर मात्र राष्ट्रियताको प्रवद्र्धन हुन सक्छ । राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । नेपाली भाषा, मातृभाषा तथा संस्कृतिको संरक्षण र संवद्र्धन, सीमा सुरक्षा, र राष्ट्रिय पुँजी निर्माण तथा तीव्र विकास गरेर स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणबाट नै राष्ट्रियताको प्रवद्र्धन गर्न मद्दत पुग्छ । राष्ट्रियतासँग नागरिकताको प्रगाढ सम्बन्ध हुन्छ । कुनै पनि देशमा नागरिकता प्राप्त गर्ने विभिन्न आधार हुन्छन् । नागरिकता एक राजनीतिक अवधारणा हो । आधुनिक राज्य व्यवस्थामा राज्यअन्तर्गत स्थायी जनसङ्ख्या, सार्वभौमसत्ता, भूगोल र सरकार राज्यका पूर्वसर्त…

Read More

सडक व्यवस्थापनको अव्यवस्था: चुनौती होइन, काम गर्नेका लागि अवसर हो 

डा.सुरेश आचार्य काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन । नेपालमा कानुनको अभावमा यो सबै भइराखेको होइन । कानुनको पालना न राज्यले गराउन पहल गरेको छ, न कानुनको पालना गर्नुलाई नेपाली चालकले आफ्नो इज्जत र सम्मान ठानेका छन् । न सडक लेनको पालना छ, न त सडक लेनमा गाडी चलाउनु पर्छ भन्ने चेतनाले काम गरेको…

Read More

काठमाडौँमा बालेन : वर्तमानको सोच र दिशाको मत किन नभन्ने ?

-वृषेशचन्द्र लाल                                अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ । तैपनि उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । लोकतन्त्रको सबैभन्दा निर्विकल्प आधार स्तम्भ, जनताको प्रत्यक्ष सहभागिताको सुन्दरतम पक्ष निर्वाचनको परिणामलाई स्वीकार्न…

Read More