आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा

कार्तिक २८, काठमाडौँ । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए । नेपाल संवत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो,…

पुरा पढ्नुहाेस्

असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने, कतिसम्म साट्न पाईन्छ ?

असोज १३, काठमाडौँ । दशैंका लागि असोज २५ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ ।राष्ट्र बैंकका अनुसार असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्न लागिएको हो । ५, १०, २०, ५० १०० रुपैयाँ दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने छ ।उपत्यकासहित देशका ७ वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध हुने छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा क्युआरमार्फत नयाँ नोट साट्न पाइने छ ।मागका आधारमा क, ख,…

पुरा पढ्नुहाेस्

घाटा खाएर आलु बिक्री गर्दै भोजपुरका किसान

असोज ४, भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताए । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उनको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस…

पुरा पढ्नुहाेस्

लाभग्राही नामावली प्रकाशन सम्बन्धी बेलकोटगढी नगरपालिकाको सुचना

पुरा पढ्नुहाेस्

लोकप्रिय मतमा ओरालो यात्रा !

पौष १६, काठमाण्डौं । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा एमाले यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्‍यो । लोकप्रिय पपुलर मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । नेकपा ९माओवादी केन्द्र०को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३…

पुरा पढ्नुहाेस्

ज्योतिषीको साइतमा बालुवाटार सर्दै प्रचण्ड : आज बेलुका ५ बजे उत्तम !

पौष १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । बेलुका ५ बजे उनी बालुवाटरमा सर्न लागेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ज्योतिषीले जुराएको साइतमा प्रचण्ड बालुवाटार प्रवेश गर्न लागेका हुन् । ज्योतिष टिकाराम घिमिरेले प्रचण्डलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको साइत निकालेको बताइएको छ । उनी अहिले खुमलटारस्थित निजी निवासमै छन् ।

पुरा पढ्नुहाेस्

प्रचण्डको लालच : जता प्रधानमन्त्री पद उतै गठबन्धन !

पौष ९, काठमाण्डौ । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले…

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभा सदस्यहरूको शपथ पुस १४ गते

पौष ८, काठमाण्डौ । आगामी पुस १४ गते बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो । प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ । बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी…

पुरा पढ्नुहाेस्

कांग्रेसको संसदीय दलको नेता छान्न सिंहदरबारमा मतदान सुरु

पौष ६, काठमाडौ । सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदैछ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ८:४० मा सुरु भएको हो । संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । मतदान केन्द्रमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन सकेको थिएन । मोबाइल लग्न नपाउने सहमति भए पछि भर्खरै मतदान सुरु भएको हो । अहिले नवनिर्वाचित सांसदहरु मतदानका लागि संसदीय दलको कार्यालयमा पुगेका छन् । कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन्…

पुरा पढ्नुहाेस्

शपथग्रहणको तयारी तीव्र, सर्वदलीय बैठक हुने

पौष ६, काठमाण्डौ । निर्वाचन आयोगले वागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहित प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय शपथमा जुटेको छ । यसका लागि वागमती प्रदेशसभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक अह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो । निर्वाचन आयोगको सहयोगमा वागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य पहिचान गरेको सचिवालयले सोही विषयमा छलफलका लागि पुस ८ गते सर्वदलीय…

पुरा पढ्नुहाेस्