शपथग्रहणको तयारी तीव्र, सर्वदलीय बैठक हुने

पौष ६, काठमाण्डौ । निर्वाचन आयोगले वागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरूको अन्तिम मतपरिणामसहित प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएसँगै संसद् सचिवालय शपथमा जुटेको छ । यसका लागि वागमती प्रदेशसभा सचिवालयले पुस ८ गते सर्वदलीय बैठक अह्वान गरेको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणको मिति र समय निर्धारण गर्ने सर्वदलीय बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । सांसदहरूको शपथग्रहणको तयारीलाई तीव्रता दिएको सचिवालयले शपथग्रहणअघि सर्वदलीय बैठक आह्वान गरेको हो । निर्वाचन आयोगको सहयोगमा वागमती प्रदेशका १ सय १० प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य पहिचान गरेको सचिवालयले सोही विषयमा छलफलका लागि पुस ८ गते सर्वदलीय…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुने

पौष ४, काठमाण्डौ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । शपथग्रहण कसले गराउने भन्नेबारे पनि संसद् सचिवालयले तयारी गरेको छ…

पुरा पढ्नुहाेस्

“अवसर पाएँ भने प्रधानमन्त्री आफैँ बन्छु” : प्रचण्ड

पौष ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताए । चितवन पुगेका प्रचण्डले को प्रधानमन्त्री बन्ने भन्नेबारे गठबन्धनमा छलफल नभएको बताए । ‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा त मैले गरेको छु। तर तपाईंहरूले सुनेजस्तो प्रधानमन्त्रीमा दाबी भनेर गठबन्धनभित्र औपचारिक रूपमा कुरा सुरू भएको छैन,’ प्रचण्डले भने, ‘को प्रधानमन्त्री बन्ने गठबन्धनबाट सजिलै निर्णय हुन्‍छ, अहिले छलफल भएको छैन ।’ माओवादीले नेकपा एमालेसँग गठबन्धन गर्न लागेको हो भन्ने प्रश्नमा प्रचण्डले त्यस्तो नभएको प्रतिक्रिया दिए ।

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै

पौष ४, काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक राख्दै छ । मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने लगभग पक्का छ । समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन नसके पनि प्रत्यक्षतर्फबाट न्यूनतम १० सांसद जितेकाले एकीकृत समाजवादीले प्रमुख सचेतकको सुविधा पनि पाउनेछ ।

पुरा पढ्नुहाेस्

शीतलनिवासको चाबी कसलाई ?

पौष ४, काठमाण्डौ । को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ। त्यसैकारण दलहरू भागबन्डाको संवाद र छलफलमा व्यस्त छन्। ५ दलीय गठबन्धनका दलहरू ‘मिलेरै’ यी पद भागबन्डा गर्नेतिर सक्रिय छन्। उता विपक्षी एमाले गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयत्नमा छ। किनभने, यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पक्का छ। यता, ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिसकेको छैन। कांग्रेस दुवै…

पुरा पढ्नुहाेस्

राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीले सरकार गठन अन्योलमा !

पौष ४, काठमाण्डौ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकमा नयाँ जनादेश पाएको छ । निर्वाचन आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्टपति विद्यादेवी भण्डारीलाई अन्तिम प्रतिवेदन बुझाएसँगै सरकार गठनको वैधानिक बाटो खुलिसकेको छ । तर, सत्ताको नेतृत्वमा रहेका राजनीतिक दल राष्ट्रपति, प्रधानमन्त्री हुँदै सभामुखसम्मका पदको रस्साकस्सीमा लाग्दा सरकार गठन अन्योलमा छ । सत्ता गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेस राष्टपति पनि आफैं लिनेगरी अघि बढिरहेको छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने प्रयासमा…

पुरा पढ्नुहाेस्

गुरुङ भन्छन्___’प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री काँग्रेसको हुनुपर्छ’

पौष ३, काठमाडौं । नेपाली काँग्रेसका नेता कल्याण गुरुङले संघ र सातै प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेपछि नेता गुरुङको यस्तो प्रतिक्रिया आएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता गुरूङले सामाजिक संजाल मार्फत संघ र सातै प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्नुपर्ने धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् ।

पुरा पढ्नुहाेस्

गण्डकीमा पुसभित्रै नयाँ सरकार आउने !

पौष ३, काठमाण्डौ । संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । त्यसअघि नै सांसदहरूको शपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ । २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनभन्दा अगाडी प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा ज्येष्ठ उमेरका व्यक्तिले बैठकको अध्यक्षता…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

पौष ३, काठमाडौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैटक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।

पुरा पढ्नुहाेस्

निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदै

पौष २, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदैछ । सात वटै प्रदेशका प्रमुखहरुलाई सो प्रतिवेदन आज एकै समयमा बुझाइने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो १ बजे प्रदेशका प्रमुखहरुलाई प्रतिवेदन बुझाइने छ । प्रतिवेदन बुझाउन आयोगका पदाधिकारीहरु प्रदेश राजधानीमा पुगिसकेको उनले जानकारी दिए ।

पुरा पढ्नुहाेस्