असार १२,काठमाडौँ । नेप्सेमा बहार आएको छ । हप्ताको पहिलो दिन शेयर बजार झन्डै ९५ अङ्कले बढेर हरियाली देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड…
Read MoreCategory: अर्थ/सेयर
नेपालकाे अार्थिक गतिविधि
‘सम्मृद्ध नेपालको सपना पुरा गर्न कृषिमा केन्द्रित हुनपर्छ’ : सभापति सुमार्गी
असार १२,सर्लाही । लालबन्दी उद्योग बाणिज्य संघको ८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका कृषि उद्यम केन्द्रका सभापति नेपालमा कृषि उद्योगको विषयमा विभिन्न क्षेत्रबाट चासो बढ्दै गएको बताएका छन् । उनले लालबन्दीमा गोलभेडाको उत्पादन राम्रो हुने भएपनि बस्तुसंग सम्बन्धित उद्योग नहुँदा उत्पादन खेर गइरहेकोले केचपजस्ता बस्तु बाहिरबाट मगाउने काम बन्द गरेर लालबन्दीमै त्यस्तो किसिमको उद्योग खोल्नुपर्नेमा जोड दिए । सभापति सुमार्गीले असार १४ र १५ गते लाहान र जनकपुरमा रहने बताउदै उनले कृषि उद्यम केन्द्रले कृषिको उत्पादन तथा बजारीकरणमा सहजिकरण…
Read More५ अर्ब घाटामा रहेको उदयपुर सिमेन्ट गोपी न्यौपाने आएपछि एक अर्ब नाफामा
असार १२,काठमाडौँ । सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग उदयपुर सिमेण्टले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब बढी रकम आम्दानी गरेको छ। उदयपुर सिमेन्ट उद्योगले त्यसमध्ये ५६ करोड बढी सञ्चित नाफा निकालेको हो । लेखापरीक्षण प्रतिवेदन अनुसार उदयपुरले १ अर्ब १६ करोड ३२ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ ६३ पैसा आम्दानी गरेको हो । सिमेण्ट बिक्रीबाट १ अर्ब १४ करोड ७८ लाख १३ हजार ५९१ रुपैयाँ र व्याज तथा अन्य श्रोतबाट १ करोड ५६ लाख ६८ हजार ७ सय ३० रुपैयाँ ६३ पैसा आम्दानी भएको महाप्रबन्धक…
Read Moreअन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घट्यो
असार १२,काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दर घटाएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजेलको बजार मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ । विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ ।…
Read Moreसुनको भाउ बढ्यो, आज प्रतितोला कति ?
असार १२,काठमाडौँ । साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य…
Read Moreमाछापुच्छ्रे बैंकद्वारा प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
असार १२,काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिका स्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ । शनिवार हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेश कुमार राउतको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त मेसिन हस्तान्तरण गरेका हुन् । हाल प्रसिद्ध हलेसी मन्दिरमा दैनिक रुपमा सयौ दर्शनार्थीहरु दर्शन गर्न आउने भएपनि मेसिनको अभावमा एक दिनका के कति दर्शनार्थी दर्शन गरे भन्ने कुराको रेकर्ड मन्दिरसँग नभएकाले बैंकले उक्त कुरालाई मध्यनजर…
Read Moreआजको तरकारी भाउ कति छ ?
असार १२, काठमाण्डौ । कालीमाटी फलफूलत तथा तरकारी बजार विकास समितिले दिएको थोक मूल्य विवरणअनुसार आइतबार भिण्डी प्रतिकेजी २० रुपैयाँ रहेको छ । यस्तैगरी पाकेको फर्सी २५ रुपैयाँ, परबर लोकल २५, तराईको २०, घिरौँला ४० रुपैयाँ झिँगुनी ३०, सलगम, ७०, पिँडालु ४०, रायोको साग ७० रुपैयाँ प्रतिकेजी रहेको छ । ठूलो गोलभेँडा प्रतिकेजी ९० रुपैयाँ पर्दछ भने सानो लोकल ३० रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ केजीको पर्दछ । मुडेको आलु ३६ रुपैयाँ, सुकेको प्याज १३० रुपैयाँ मूल्य तोकिएको छ । यस्तैगरी लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६०…
Read Moreपेट्रोलमा २० र डिजल/मट्टितेलमा २९ रुपैयाँ भाउ घट्यो, नयाँ मुल्यसुची सार्वजनिक !
असार ११, काठमाण्डौ । राति १२ बजेदेखी लागु हुने गरी पेट्रोल, डिजल र मट्टितेलको भाउ घटेको छ । मन्त्रिपषद बैठकको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोल प्रति लिटर २० रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर २९ रुपैयाँ भाउ घटाएको हो । अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजेल प्रतिलिटर १ सय ६३ पर्नेछ । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको छ । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९…
Read Moreसरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो, प्रति लिटर मुल्य कति ?
असार ११, काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए । पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्याएको हो । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । हाल पूर्वाधार करबापत पेट्रोल डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती…
Read Moreदेशभरका ४३५ गाउँपालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, १९ पालिकाले ल्याएनन् बजेट !
असार ११, काठमाण्डौ । देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । देशभर ४६० गाउँपालिका रहेकोमा ९५ प्रतिशतले तोकिएकै समयमा बजेट ल्याएका हुन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार १९ वटा गाउँपालिकाले बजेट पेस गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै छैनन् । बजेट पेस नगर्नेमा मधेश प्रदेशका १२, लुम्बिनिका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन् । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २र२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ । असारको १० गतेभित्र बजेट पेस गरिसक्नु पर्ने संवैधानिक र…
Read More