असार १२,काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ । विश्व कप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो । तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने भएको हो । जसमा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ । नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अर्थात् असार २० र २१ गते क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसीय…
Read MoreCategory: खेलकुद
नेपालकाे खेलकुद समचार
नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने
असार १२, काठमाण्डौ । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपाली टिम खेलका लागि असार १४ गते राति २ देखि ३ बजेभित्रको समयमा क्यानडा उड्ने गरी टिकटको व्यवस्थापनमा लागेको नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले जानकारी दिएका हुन् । नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।
Read Moreएसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जित्यो
असार ११, काठमाण्डौ । एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो । वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र यूएई हुनेछन् ।
Read Moreकतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री
असार १०, काठमाण्डौ । कतारमा आयोजना हुने फिफा विश्वकपको १२ लाख टिकट बिक्री भएको छ । फिफा विश्वकप कतार २०२२ का लागि करिब १२ लाख टिकट हालसम्म बिक्री भैसकेको सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसी एससीका महासचिव हसन अल थावादीले बताएका छन् । अप्रिल अन्तिमसम्म चलेको दोस्रो टिकट बिक्री चरणमा २३ लाख बढीको आवेदन परेको थियो । फिफाका अनुसार अर्जेन्टिना, ब्राजिल, इङ्गल्याण्ड, फ्रान्स, मेक्सिको, कतार, साउदी अरेबिया र संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै माग रहेको छ । महासचिव थावादीले विश्वकप सबैका लागि खुला रहेकोमा जोड दिँदै मध्यपूर्व र अरब विश्वमा…
Read Moreदक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली टिम च्याम्पियन
असार ७, काठमाण्डौ । भारतमा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाली टिम च्याम्पियन बनेको छ । राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो। कुमेततर्फ उमेर समूहबाट वर्षा केसी, झरना केसी, एन्जिला राई, शर्मिला वाइवा, सुरोज राजबाहक, साहिल घलेले स्वर्ण पदक जिते। यस्तै ४५ केजी तौल समूहमा पुष्पा लामा, ५० केजीमा वर्षा बुढा मगर, ६८ केजीमा एरिका गुरुङ, ५५ केजीमा साजन बल र ६० केजीमा सन्तोष श्रेष्ठले स्वर्ण पदक जितेका छन्। काता विधामा सुरेन्द्र तामाङले स्वर्ण पदक जितेका छन्। यस्तै कुमेततर्फ उमेर समूहमा रुपक…
Read Moreबहराइनलाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश !
असार ६,काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७…
Read Moreअखिल नेपाल फुटबल संघ एन्फाको आगामी चार बर्से कार्यकालका लागि आज निर्वाचन हुँदै
असार ६, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाको आगामी चार बर्से कार्यकालका लागि आज निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै, फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी…
Read Moreएसिसी महिला टी–२० च्याम्पियनसिपमा बहराइनको सामना गर्दै
असार ६, काठमाण्डौ । एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु हुनेछ । नेपाल आज बहराइनलाई पराजित गर्दै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो । बहराइन पनि नेपाललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो ।
Read Moreमलेसियाको क्वालालम्पुरमा नेपाल र कुवेतको खेल हुँदै
असार ४, काठमाण्डौ । मलेसियाको क्वालालम्पुरमा नेपाल र कुवेतको खेल आज दिउसो १२ः४५ बजे हुनेछ । एसीसी च्याम्पियनसिपमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले शुक्रबार भूटानलाई ५० रनले पराजित गरेको थियो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भूटान ४४ रनमै समेटिएको थियो । समूह ‘बी’ मा रहेको पहिलो खेलमा जित हासिल गरेसँगै दुई अंक सहित तालिकाको शीर्षस्थानमा छ । बहराइन र कुवेत भने शुक्रबार बराबरी खेलर एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । भूटानले अंक जोड्न सकेको छैन भने हङकङ आज बहराइनसँग भिड्दै…
Read Moreनेपालद्धारा एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात
असार ३, काठमाण्डौ । नेपालले एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भुटानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । भुटानका लागि सोनम पाल्डनले चार तथा अञ्जु गुरुङ र टासी चेकीले एकरएक विकेट लिँदा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै समूह ‘बी’ को नेपालले दुई अंक जोडेको छ । आफ्नो दोस्रो खेलमा शनिबार नेपालले कुवेत तथा भुटानले हङकङको सामना गर्नेछन् ।
Read More