जेठ १४, काठमाण्डौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गरेका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल र जनता सजग रहेकाले गणतन्त्रमा आउनसक्ने जस्तोसुकै चुनौतीलाई सहजरुपमा पार लगाउने विश्वास व्यक्त गरे । प्रथम राष्ट्रपति डा यादवले भने, “हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूल बाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न ।…
Read MoreCategory: अन्तरवार्ता
राजनीतिक तथा विभिन्न विधाकाे ताजा अन्तरवार्ता
प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो : मन्त्री शर्मा (अन्तर्वार्ता)
काठमाडौँ। ‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ। सन् १९९३ मा भएको संयुक्त राष्ट्रसंघीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा यस दिवसले दिन सकोस् भन्ने…
Read Moreपत्रकारितामा परीक्षा प्रणाली लागू गर्नैपर्छ : काउन्सिल अध्यक्ष बस्नेत (अन्तर्वार्ता)
वैशाख १०, काठमाण्डौँ । मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ। स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ स्थापना भएको काउन्सिलले पत्रकारिताको क्षेत्रमा देखिएका बेथिति, विसङ्गति र दुष्प्रचारको अन्त्य गरी पत्रकारिता पेसालाई मर्यादित र जिम्मेवार बनाउन आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ। प्रेस काउन्सिल नेपाल नेपाली मिडिया, सञ्चारकर्मी र सरकारबीचको सेतुको रुपमा रहँदै आएको छ। स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय पत्रकारिताको पक्षमा क्रियाशील रहेको छ। मिडियाको नीति बनाउने सवालमा सल्लाहकारको भूमिकामा…
Read Moreजिल्ला-नगरको एजेण्डा स्थापित गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी: सुमार्गी
नेपाल उद्योग बाणिज्य महासंघको आगामी चैत्र २८ र २९ गते हुने ५७ औँ बार्षिक साधारण सभा तथा आसन्न निर्वाचनको सरगर्मी सुरु भएको छ । आगामी निर्वाचनको लागि ४ जना बरिष्ठ उपाध्यक्षको लागि उम्मेदवार बन्ने तयारी गरेका छन् । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ । त्यसैगरी चारैजनाले आफ्नो समहुमा विषयगत उपाध्यक्षहरुको टुङ्गो लगाउने कसरत गरिरहेका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले आफ्नो टिममा जिल्लानगरतर्फको उपाध्यक्षको लागि अरुणराज सुमार्गीलाई सारथी बनाएका छन् । अरुणराज सुमार्गी हाल महासंघको केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति रहेका…
Read Moreशीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् (अन्तरवार्ता)
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन्। यही फागुन २५ गते हुने राज्य प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे। पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ। राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले…
Read Moreस्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन (अन्तर्वार्ता)
फागुन १५, काठमाडौँ । प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन् । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा पनि त्यसलाई छाडेर मुलुकको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना राखेर स्वदेश फर्केका उनले जहिले पनि आम जनतामा कसरी स्वास्थ्यको आधारभूत पहुँच पुर्याउन सकिन्छ भन्नेमा नै आफूलाई क्रियाशील राख्दै आएका छन्।…
Read Moreटिमलाई मैले अझ बलियो बनाएको छु, वरिष्ठ उपाध्यक्षमा उठ्छु : उपाध्यक्ष संघई (अन्तर्वार्ता)
रामचन्द्र सङ्घई नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक हुन्। नेपालमा झण्डै ४० वटा उद्योग सञ्चालन गरिरहेको त्रिवेणी ग्रुपले कम्तीमा पनि १८ हजार जनालाई रोजगारी समेत दिँदै आएको छ। गएको करिब दुई दशकयतादेखि नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यका रूपमा रहेका सङ्घई वर्तमान उपाध्यक्ष हुन्। उनी महासङ्घको अघिल्लो अधिवेशनमा निर्वाचित भएका थिए। हाल महासङ्घको रोजगारदाता परिषद्को सभापतिसमेत रहनुभएका सङ्घईसँग नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत अन्तिम साता हुने आसन्न निर्वाचन र नेपालको वर्तमान अर्थतन्त्रमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ। अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोषजनक छैनन्। यद्यपि नेपाल राष्ट्र…
Read Moreअर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ : अर्थमन्त्री पौडेल (अन्तर्वार्ता)
काठमाडौं । राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ । कोभिड–१९ महामारीपछि क्रमशः खस्किँदै गएको मुलुकको अर्थतन्त्रमा आन्तरिक र बाह्य दुवै क्षेत्रबाट चाप छ । विश्वव्यापी आर्थिक मन्दीको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको भन्ने कोणबाट पनि विश्लेषण हुने गरेको छ । चालू आर्थिक वर्षका लागि राखिएको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नहुने सरकार आफैँले बताइसकेको छ भने मूल्यवृद्धिको सात प्रतिशतको बाञ्छित सीमा नाघेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ ।…
Read Moreलुम्बिनीको समृद्धिका आधार तयार पारिसकेका छौं: मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
बहुमत प्रदेशसभा सदस्यको समर्थनमा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भए। मुख्यमन्त्रीमा नियुक्त भएपछि माघ ५ गते प्रदेशसभाबाट विश्वासको मतसमेत लिएपछि उनले केही दिनमै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। विभिन्न पार्टी मिलेर बनेको सरकार विगतमा जस्तो सजिलो नभए पनि छलफल र सहमतिका साथ अगाडि बढ्नुपर्ने जिम्मेवारीमा रहेको मुख्यमन्त्री गिरीको भनाइ छ। यसअघिका प्रदेशका १३ मन्त्रालयको सङ्ख्या घटाएर मुख्यमन्त्री गिरीले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ९ वटा कायम गर्ने निर्णय गरिसकेका छन्। मुख्यमन्त्रीले सरकारको पूर्णतासँगै सत्ता साझेदार दलहरुको सहकार्यमा न्यूनतम साझा कार्यक्रम बनाउने तयारी पनि…
Read More‘उत्कृष्ट स्वास्थ्य नीति बनाउने मेरो योजना छ’: डा.तोसिमा कार्की (अन्तर्वार्ता)
दैनिक बिरामीको उपचारमा खटिने डा। तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा डा. कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित भएकी हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उनि जनताबाट अनुमोदन भएकी छिन् । पेसाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्यसेवा सुधार्नेतर्फ छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला…
Read More