असार ८,काठमाडौँ ।नागढुंगा–गल्छी सडकको विकल्पको रुपमा रहेको बैकल्पिक सडक भिमढुंगा लामिडाँडा सडकको दोस्रो खण्ड वर्ष यसै वर्ष कालोपत्रे शुरु हुने भएको छ । सो सडकलाई प्रदेस –संघ समपुरक योजना अन्तरगत ४२ करोड स्विकृत भएको छ । आव ०७९/८० मा ८ करोड विनियोजन भएको थियो । भिमढुंगा–लामिडाडा सडकको प्रगति र बजेटको विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसंग विस्तृत छलफल गरेको पाण्डेका प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले अनलाइनकेन्द्रलाई जानकारी दिए । लामो समयदेखि भिमढुंगा–लामिडाँडा सडक खण्डको विकराल स्थिती रहेको छ । नागढुंगा–मुग्लिन सडक खण्ड विस्तारको क्रममा रहदा भिमढुंगा–लामिडाँडा…
Read MoreCategory: विकाश
नेपाल-भारत रेल पर्यटनमा नवीन अध्याय : आईआरसीटीसी भारत गौरव पर्यटक रेल
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो रेल झण्डै ५०० पर्यटक बोकी २०७९ असार ९ गते जनकपुरधाम आइपुग्नेछ । यस पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुनेछ । रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै…
Read Moreचालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने
असार ३,काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्शन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार आठ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । गएको महिनासम्ममा झन्डै ६ सय किमी मात्रै कालोपत्र गरिसकिएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले बताए । आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म दुई सय ९५ किमी सम्पन्न भएको छ ।…
Read Moreधुनीवेशीको टोल-टोलमा प्रदेश सरकारको बजेट: ३० करोड २० लाख विनियोजन (कुन योजनालाई कति ?)
असार ३,धादिङ । बागमती प्रदेश सरकारले धुनिवेशी नगरपालिकाको लागि मात्रै ३० करोड २० लाख बजेट बिनियोजन गरेको छ । पुर्वाधार विकास, शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,सडकको क्षेत्रमा ३० करोड २० लाख बजेट बिनियोजन गरेको हो । असार १ गते बुधबार बागमती प्रदेश सरकारले बजेट ल्याएको थियो । सम्भव भए सम्म धुनीवेशीको हरेक वडाहरुमा समानुपातिक रुपमा बजेट योजना विनियोजन गर्न प्रयास भएको मुख्यमन्त्री राजेन्द्र पाण्डेका प्रमूख स्वकीय सचिव ई.उमेश रुपाखेतीले जानकारी दिए । मुख्यमन्त्री कार्यालयले यस पटक छुटेका योजनाहरु तथा हाल प्रस्तावित योजनाहरुमा नगरपालिकाबाट थप बजेट विनियोजन गरी काम गर्दा जनताले अनुभुत गर्ने सकारात्मक परिवर्तन…
Read Moreपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन
जेठ २०, काठमाण्डौ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल आयोजनाहरुमा ऋण लगानी गर्दै आएको छ । आगामी आर्थिक वर्ष २०७९।८० मा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको छ । अर्थ मन्त्रालयका अनुसार यस आयोजनामा चालु आवमा ५ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ । गत आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।
Read Moreसुरुङको मुलढोका बन्द गरियो: अब वर्षापछि मात्रै मेलम्चीको खानेपानी वितरण
जेठ १७,काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ । मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । शाखाले खानेपानी वितरण तालिका हेरफेर गरी नयाँ सूचना जारी गर्नेसमेत जनाएको छ । बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ ।
Read Moreकाठमाडौं महानगरपालिकामा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गरिने
जेठ १६,काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ । नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ । यस्तै फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र…
Read Moreविकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई बजेट !
जेठ १५,काठमाडौँ । सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले बजेटमा छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत अर्थमन्त्रीले गरे । त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ । हवाई तथा यात्रु चापको विश्लेषणका आधारमा गौतमबुद्धमा समेत दोस्रो टर्मिनल बनाइने भएको छ ।
Read Moreबेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अलपत्र
जेठ १५, काठमाण्डौ । गएको आर्थिक वर्ष २०७७र७८ को बजेटमा निर्माण प्रस्ताव गरिएको बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अघि बढेको छैन । २०७६ जेठ १५ गते सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रममा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम अघि बढाउने प्रस्ताव गरिएको थियो । तर अहिलेसम्म सामान्य छलफल गर्ने भन्दा अरु काम भएको छैन । चालु आर्थिक वर्ष २०७८र७९ का लागि पनि सरकारले यो कार्यक्रमलाई प्रस्ताव गरेको थियो । सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सुरुङ निर्माण हुने क्षेत्रको दुई ठाउँमा जमिन…
Read Moreनागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन थपियो
जेठ १२,काठमाडौँ । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको म्याद ८६ दिन (करिब तीन महिना) थपिएको छ। कोभिडको पहिलो तथा दोस्रो लहरका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै जापानी कम्पनी हाज्मा आन्दो जेभीले म्याद थपको प्रस्ताव गरेको थियो। जापानी कम्पनी हाज्माले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो। तर आयोजना कार्यालयलये ८६ दिन थप गर्ने भएको हो। लकडाउन अवधिमा काम हुन नसकेको दिन हिसाब गरेर म्याद थप गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। यसको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। शाक्यका अनुसार हालसम्म सुरुङ…
Read More