सिस्नेखोला–दहचोक सुरुङमार्ग: अहिलेसम्म के-के काम भयो ? कहिले निर्माण सम्पन्न हुन्छ ?(भिडियोसहित)

जेठ १२,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन तथा निरिक्षण गरेको छ । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् । सुरुङमार्गको मुख्य टनेल छ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ ।

पुरा पढ्नुहाेस्

नेपालमा उत्पादित पहिलो यात्री मोटरसाईकल यातायात कार्यालयमा दर्ता

जेठ २, काठमाडौँ । नेपालमा बनेको यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई समेत दर्ता गर्न मिल्नेगरी संशोधन गरेपछि यात्री मोटरसाइकल दर्ता भएको हो । यात्री मोटरसाइकल नेपालमा उत्पादन भएर दर्ता हुने पहिलो सवारी साधन समेत बनेको छ । गएको वर्षको मे १५ तारिखमा यात्रीले ग्राहकलाई पीवन मोटरसाइकल डेलिभर गरेपनि यातायात कार्यालयमा दर्ता हुन सकेको थिएन । यात्रुलाई डेलिभर गरेको एक वर्षपछि बल्ल यात्री मोटरसाइकलको ब्लुबुक बनेर यातायात कार्यालयमा दर्ता भएको हो । यातायात व्यवस्था…

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीले गरे फास्ट ट्रयाकको अनुगमन

बैशाख ५,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याकको अनुगमन गरेका छन् । टोलीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात प्रकाश ज्वाला, मुख्य सचिव शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी छन् । काठमाडौंबाट तराई मधेश जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा तत्कालीन पुष्पकमल दहाल प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई दिएको थियो । तर, फास्ट ट्रयाक निर्माणको प्रगति ज्यादै न्यून छ । अहिलेसम्म द्रुतमार्गमा २२.४४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाली…

पुरा पढ्नुहाेस्

बूढीगण्डकी निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई !

चैत्र २१,काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजनालाई नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ । प्राधिकरणका सञ्चालक समिति सदस्यसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार आयोजना अगाडि बढाउनका लागि शेयर संरचनामा परिवर्तन गर्न लागिएको जानकारी दिए । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको स्वागतार्थ प्राधिकरणमा…

पुरा पढ्नुहाेस्

वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने

चैत्र २०, काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा मे १ वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने…

पुरा पढ्नुहाेस्

आजदेखि बुटवल–पाल्पा सडक दैनिक ९ घन्टासम्म बन्द रहने

चैत्र २०, बुटवल । आजदेखि बुटवल–पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घन्टा बन्द हुन लागेको हो । सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि आज देखी दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुंगाहरु खस्ने हुँदा सडक सुचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११…

पुरा पढ्नुहाेस्

सङ्घीय संसद् भवन पूरा गर्न समय माग

चैत्र १६,काठमाडौँ । सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । वि।सं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो । उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न…

पुरा पढ्नुहाेस्

सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने

फागुन ३०, कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० र ३३ बिचमा पर्ने सेती नदीमाथि निर्माण भएको पक्की पुल सञ्चालनमा नआउँदै भाँचिएपछि फेरि बन्ने भएको छ । निर्माण सकिएर यातायात सञ्चालनका लागी तैयारी भैरहेका बेला फलामे पाता समेत भाँचिएर पुल तल झरेपछि भत्काएर फेरि बनाउन शुरु गरिएको हो । सो ठाउँमा २३ बर्ष पहिले निर्माण भएको पुल तीन बर्षअघि सेती नदीमा आएको बाढीले पुलको दायाँ बायाँ जमिन भाँसिएपछि पुल चर्केर जोखिममा परेकोले पुरानो पुलमा आवतजावत बन्द गरी नजिकै नयाँ पुल निर्माणको काम भएको थियो । स्वीस सरकार बिकास सहयोग…

पुरा पढ्नुहाेस्

मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत

फागुन २८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ ।…

पुरा पढ्नुहाेस्

सडक निर्माणपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो

फागुन २२, काठमाण्डौँ । जलजला गाउँपालिका–८, लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए । “बनौदेखि पाङ–अर्मादी–मालढुङ्गा–लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो”, उनले भने, “२० किलोमिटर दूरीको बनौ–लस्ती–लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।” घुमाउरो सडकको यात्रा गर्नुपर्दा…

पुरा पढ्नुहाेस्